Wednesday, February 21

Tag: ntc

नेपाल टेलिकमले ल्यायो निःशुल्क ‘कल ट्रान्सफर’ सेवा
अर्थ, प्रविधि

नेपाल टेलिकमले ल्यायो निःशुल्क ‘कल ट्रान्सफर’ सेवा

काठमाडौँ, ६ साउन : नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकताबमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरे विज्ञप्तिमा उल्लेख छ । कल गरिएको नम्बर व्यस्त भएमा, व्यस्त हुँदा तत्काल अर्को नम्बरमा र चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ‘कल ट्रान्सफर’ गर्न सकिने सुविधा आवश्यकताबमोजिम उपयोग गर्न सकिने उनले बताए । ‘कल ट्रान्सफर’ वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैँले परिवर्तन गर्न सक्छन् । यो सुविधा देशभरका टेलिकमका ल्यान्ड लाइन नम्बरमा उपलब्ध छ । सबै सुविधा सक्रिय र निष्क्रिय बनाउन आफ्नो एक्सचेन्जअनुरुप केही...