Wednesday, April 17

Tag: New Year

सजिलैसँग विदेशी भाषा कसरी सिक्ने ?
प्रविधि

सजिलैसँग विदेशी भाषा कसरी सिक्ने ?

नेपालमा वैदेशिक रोजगारमा जाने क्रम बढेको छ। पछिल्लो समय दक्षिण कोरिया, जापान लगायतका मध्यम देशहरूले पनि नेपालबाट कामदार लैजादै छन्। यसले गर्दा वैदेशिक रोजगारमा थप आकर्षण थपेको छ। कतिपय देशले भाषालाई अनिवार्य गरेका छन् भने कतिपय देशमा भाषा नसिकि नै जान सकिन्छ। खास गरी कोरिया र अब खुल्ने क्रमा रहेको जापानले भाषालाई प्राथमिकतामा राखेका छन्। वैदेशिक रोजगारमा जानुअघि त्यस देशको भाषाको ज्ञान भयो भने धेरै सजिलो हुन्छ। अलिकता ध्यान दिएर थोरै समय दिने हो भने विदेशी भाषा सजिलै सिक्न सकिन्छ। वैदेशिक रोजगारमा जानेले अंग्रेजी वा जुन देशमा जाने हो त्यो देशको भाषाको राम्रो दखल राख्यो भने काम गर्न धेरै सजिलो हुन्छ। कतिपय मुलुकमा त भाषा परीक्षा पास नगरी वैदेशिक रोजगारमा जान पनि पाइदैन। कुनै पनि नयाँ भाषा सिक्न निम्न कुरामा ध्यान दिनुपर्छ। भाषाको कक्षा लिने अंग्रेजी, कोरियन, जापानिजलगायत भाषा सिकाउने विभिन्...