Tuesday, July 16

Tag: nepal airlines

भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
प्रमुख समाचार, समाचार

भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

काठमाडौंं, ५ साउन : सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।...
नेपालीको उद्धार गर्न आजबाट तेस्रो चरणको चार्टर्ड उडान, १ साताका लागि ४२ उडान तालिका
समाचार

नेपालीको उद्धार गर्न आजबाट तेस्रो चरणको चार्टर्ड उडान, १ साताका लागि ४२ उडान तालिका

काठमाडौं, ३१ असार : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका २ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि १ साता चार्टर्ड उडान गर्न लागेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरूप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ । उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा २ उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा २ उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरल...