Friday, February 23

Tag: nepal

नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै
प्रमुख समाचार, समाचार

नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजा...