Wednesday, February 21

Tag: #Kim Jong Un

पुटिनलाई किन भेट्दै छन् किम ?
विश्व

पुटिनलाई किन भेट्दै छन् किम ?

उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्दै छन् । यी दुई नेताहरुबीच पूर्वी चीनमा भेटवार्ताको सम्भावना रहेको दक्षिण कोरियाली अधिकारीहरुको भनाई उद्धृत गर्दै कोरियाली समाचार संस्था योन्हापले बताएका हो । चीनमा अप्रिल २६–२७ मा आयोजना हुन लागेको ‘एक क्षेत्र एक मार्ग मञ्च’ सम्मेलनमा भाग लिने क्रममा पुटिन चीन आउँदैछन् । सोही क्रममा चीनको पूर्वी क्षेत्रमा किमले पुटिनसँग भेटवार्ता गर्ने सम्भावना छ । ‘रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा चीनको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै छन् । त्यही समयमा दुवै नेताबीच भेटवार्ता हुने सम्भावना छ ।’ समाचारमा भनिएको छ । मस्कोले भने किमसँगको भेटवार्ताबारेमा केही भनेको छैन । तर त्यहाँको सरकारी समाचार संस्था तासले मार्चमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबिच किमको भ्रमणका विषयमा छलफल भइरहेको भन्दै एक समाचार छापेको थियो । पछ...