Wednesday, February 21

Tag: job

रोजगारीका लागि युवालाई निवेदन दिन माग
जीवनशैली, समाचार

रोजगारीका लागि युवालाई निवेदन दिन माग

काठमाडौँ, ५ साउन  : सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा शाखा अधिकृत कृष्ण पौडेलले जानकारी दिए । यही साउन ८ गतेदेखि भदौ ७ गतेसम्म रोजगार केन्द्रमा सूचीकरणका लागि निवेदन दिनुपर्ने छ । बेरोजगार युवाले रोजगार हुनका लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई सूचीकरण गर्नुपर्नेछ । यसरी सूचीकरणका लागि निवेदन दिएका युवाले रोजगार व्यवस्थापन सूचना प्रणालीले ती युवाको छनोट गर्नेछ । उनका अनुसार मन्त्रालयका रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ तथा सरकारले ...