Thursday, May 23

Tag: himalaya airlines

नेपालीको उद्धार गर्न आजबाट तेस्रो चरणको चार्टर्ड उडान, १ साताका लागि ४२ उडान तालिका
समाचार

नेपालीको उद्धार गर्न आजबाट तेस्रो चरणको चार्टर्ड उडान, १ साताका लागि ४२ उडान तालिका

काठमाडौं, ३१ असार : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका २ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि १ साता चार्टर्ड उडान गर्न लागेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरूप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ । उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा २ उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा २ उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरल...