Wednesday, April 17

Tag: garment

कोरोना असरः एसियामा गार्मेन्ट उद्योगका हजारौं कामदार रोजगारविहीन
जीवनशैली, प्रविधि, विश्व

कोरोना असरः एसियामा गार्मेन्ट उद्योगका हजारौं कामदार रोजगारविहीन

वासिङ्टन, २९ असार : कोरोनाभाइरसका कारण एसियाका तयारी पोशाक (गार्मेन्ट) उद्योगमा कार्यरत हजारौं कामदार रोजगारविहीन भएका छन् । खासगरी बेरोजगार हुने हरुमा महिला बढी छन् । उत्तर अमेरिका र युरोपका ठूला एवं व्यापक संजाल रहेका स्टोरहरु कोरोनाभाइरसका कारण बन्द भएका कारण त्यसको असर एसियाली गार्मेन्ट उद्योगमा परेको हो । वालस्ट्रिट जर्नलका अनुसार एसियाका धेरैवटा विकासशील मुलुकहरुमा रहेका कारखानाले टीसर्ट, ट्राउजर उत्पादन गरिरहेका थिए जसबाट लाखौं मानिसले रोजगारी पाएका थिए । तर कोरोनाभाइरसका कारण पश्चिमा मुलुकका ठूला ब्रान्डहरुले अर्बौं डलर बराबरका सामानको अर्डर रद्द गरिदिएका छन् । स्वेटर र जिन कपडाका सामान खरिद गर्ने ग्राहक समेत नभेटिएको अवस्था सिर्जना भएको छ । परिणामस्वरुप, नोमपेन्ह, ढाका र याङ्गुन समेतका सयौं कारखाना बन्द भएका छन् । हालैका महिनामा बग्दाद, भियतनाम र म्यान्मार एसियाका सर्वाधिक असर ...