Friday, July 12

Tag: Five G Phone

यो वर्ष यस कारण नकिन्नुहोस् ‘फाइभ जी’ फोन
प्रविधि

यो वर्ष यस कारण नकिन्नुहोस् ‘फाइभ जी’ फोन

पछिल्लो समय फाइभजी स्मार्टफोनको विषयमा चर्चा तथा चासो बढेको छ । यो स्मार्टफोनका विशेषताबारे उपभोक्ताको जिज्ञासा पनि उत्तिकै छ । यस्तै अहिलेको समयमा फाइभजी स्मार्टफोन कति महत्त्वपूर्ण छ भन्ने विषयमा पनि बहस हुने गरेको छ । मोबाइल इन्टरनेट कनेक्टिभिटी प्रविधिको पछिल्लो (पाँचौं) पुस्ता हो फाइभजी । तीव्र गतिको यसले इन्टरनेटमार्फत हुने सबै काम चुस्त रूपमा सम्पन्न गर्न सकिन्छ । फाइभजीले विस्तृत र स्थिर नेटवर्क कायम रहने दाबी गरिएको छ । विज्ञहरूका अनुसार शुरूमा फाइभजी उच्च गुणस्तरका सामग्री प्रसारण गर्न सक्षम हुनेछ । लाइभ स्पोर्ट्स र क्लाउड गेमिङमा शौख हुने दर्शकका लागि यसले उत्कृष्ट सुविधाको महसूस गराउनेछ । यसबाहेक टाढाबाट सर्जरी र होलोग्राफिक भिडियो कल स्तरीय बनाउन पनि यसले टेवा पुग्ने भनिएको भनिएको छ । विश्वमा फाइभजीको विकास तथा परीक्षण लामो समय अघिदेखि भइरहेको थियो । यद्यपि यसको व्यावसायिक उपय...