Thursday, April 18

Tag: Dr. Rabindra Pandey

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? डा. रवीन्द्र पाण्डेले औँल्याए १५ तथ्य
जीवनशैली, प्रमुख समाचार, प्रविधि, शिक्षा

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? डा. रवीन्द्र पाण्डेले औँल्याए १५ तथ्य

नेपालमा विगत १० दिनयता संक्रमितको संख्या घटिरहेको छ | के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ? १. विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा अत्यन्तै न्यून संख्यामा कोरोना संक्रमित थिए | लामो लकडाउनको कारण समुदायमा फाट्टफुट्ट भएको संक्रमण अन्य व्यक्तिमा सर्न पाएन | यो समयमा संक्रमण भएका सुरुका व्यक्तिमा कोभिड १९ को सामान्य लक्षण देखिएको थियो भने आम नागरिकमा त्रासको स्तर उच्च थियो | २. जब भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गयो, भारतमा रहनुभएका लाखौँ नेपाली असुरक्षित तरिकाले नेपाल आउनुभयो | त्यो समयमा हरेक नाकाबाट दैनिक १०-१५ हजारभन्दा धेरै व्यक्ति नेपाल आउँदा उहाँहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने, PCR परीक्षण गर्ने, संक्रमितलाई गम्भीर भएर उपचार गर्ने तथा आफ्नो थातथलोमा सुरक्षित रुपमा पठाउन अप्ठ्यारो...
सार्वजनिक यातायात संचालन गर्दा अपनाउनै पर्ने डा. रवीन्द्र पाण्डेका २० टिप्स
जीवनशैली, शिक्षा

सार्वजनिक यातायात संचालन गर्दा अपनाउनै पर्ने डा. रवीन्द्र पाण्डेका २० टिप्स

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ । सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने यस्तो बेलामा कोरोना संक्रमण फैलिने डर हुन्छ । सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण व्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नुहुँदैन | यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ । यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ । १. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने | २. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई दिनमा पटकपटक संक्रमणरहित बनाउने | ३. पुराना फोम तथा कपडा भएका सिटलाई निकालेर सिन्थेटिक वा प्लास्टिकका सिट बनाउने । यसो गर्दा सफाइ गर्न सजिलो हुन्छ | ४. घटीमा पनि १.५ मिटरको दूरी कायम हुने गरी सिट प्लान गर्ने | ५. यातायातका साधनमा अनिवार्य रूपमा ह्यान्ड स्यानिटाइ...