Wednesday, February 21

Tag: donald trump

ट्रम्प प्रशासनले किन सातामै उल्ट्यायो विदेशी विद्यार्थी निकाला गर्ने योजना ?
विश्व

ट्रम्प प्रशासनले किन सातामै उल्ट्यायो विदेशी विद्यार्थी निकाला गर्ने योजना ?

ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो देश पठाउने योजना उल्ट्याउको छ । कोरोनाभाइरस महामारीका कारण पूर्णरूपमा अनलाइनमा सञ्चालित कोर्सका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्ना घर पठाउने योजनालाई ट्रम्प प्रशासनले एक सातामै रद्द गरेको हो । हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले उक्त योजनाका विरूद्ध सरकारमाथि मुद्दा हालेका थिए । ती २ विश्वविद्यालयले सरकारको त्यस्तो निर्देशनलाई 'एकपक्षीय, स्वेच्छाचारी र अधिकारको दुरूपयोग' भएको आरोप लगाएका थिए । अन्य दर्जनौँ विश्वविद्यालयले त्यस मुद्दामा उनीहरूलाई समर्थन गरेका थिए । म्यासाचुसेट्स र क्यालिफोर्नियासहितका कम्तीमा १८ राज्यका महान्यायाधिवक्ताविरूद्ध समेत मुद्दा हालिएको थियो । अदालती कारबाही सुरु हुनु अगावै सङ्घीय न्यायाधीशले यथास्थिति कायम गर्न सम्बन्धित पक्षहरू सहमत भएको जनाएका थिए । गतसाता ल्याइएको योजनामा ...
ट्रम्पले मास्क लगाएको फोटो भाइरल
रोचक, विश्व

ट्रम्पले मास्क लगाएको फोटो भाइरल

वासिङ्टन, २९ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाएका हुन् । उनले यसअघि आफूले मास्क नलगाउने बताएका थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका छन् । गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्विकार गर्दै र वेवास्ता गर्दै आएका थिए । तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उनले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ । वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनी शनिबार हेलिकोप्टरमार्फत् गएका थिए । मास्क लगाएको अवस्थामा स...