Saturday, April 20

Tag: coronavirus

नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै
प्रमुख समाचार, समाचार

नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजा...
लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे
प्रमुख समाचार, समाचार

लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे

कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ | महामारीको कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ | आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ | कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ | हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन | हरेक समस्याको समाधान हुन्छ | समाधान रुखबाट झर्दैन | यसको लागि मनैदेखि लाग्नुपर्दछ | सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने / गर्ने गर्थ्यौं | १ बर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौं | नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही र सरकारको मापदण्ड पालना गराउ...
नेपालमा कोरोना सङ्क्रमण जटिल बन्दै
प्रमुख समाचार

नेपालमा कोरोना सङ्क्रमण जटिल बन्दै

अशोक घिमिरे काठमाडौँ, १२ साउन : कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई नेपाली र एक भारतीय नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ निवासी ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आइतबार मृत्यु भएको हो । ती पुरुषमा ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यस्तै बा...
इजरायलले बनायो ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र
प्रविधि

इजरायलले बनायो ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र

मिसगाभ, ९ साउन : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ । यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ । यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ । प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताए । तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आमम...
महामारीमा अग्रपङ्क्तिमा खटेका २१ वर्षे स्वास्थ्यकर्मीको अनुभव
जीवनशैली

महामारीमा अग्रपङ्क्तिमा खटेका २१ वर्षे स्वास्थ्यकर्मीको अनुभव

- विनोदसिंह विष्ट बैतडी, ५ साउन कोरोना सङ्क्रमणको जोखिम सबैलाई हुन्छ र त्योभन्दा बढी स्वास्थ्यकर्मीलाई हुन्छ । तर स्वास्थ्यकर्मी कार्यस्थलमै छन्, नागरिकको सेवा गरिरहेका छन् । कोरोनाको महामारीका कारण विश्व नै अक्रान्त रहेका बेला यसको रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्ति (फ्रन्ट लाइन) मा खटिएका स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ । कोरोना सङ्क्रमण फैलिइरहेका बेला नेपालका कतिपय स्वास्थ्यकर्मी भरपर्दाे स्वास्थ्य सुरक्षा उपकरणविना पनि कार्यस्थलमै खटिए, पछि हटेनन् । उनीहरु घर गएनन्, परिवारबाट अलग्गै बसे र नागरिकको सेवा गरे । यसरी देश महामारीमा रहेका बेला सेवा गरेका नेपालका कैयौँ स्वास्थ्यकर्मीमध्येका एक हुनुहुन्छ बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्ट । गाउँपालिकाको प्रयोगशालामा काम गर्ने दीपकले यस महामारीका समयमा गरेको सेवाको यहाँ...
बेलायत र चीनमा विकशित कोरोनाविरुद्धक २ खोपले ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल
प्रमुख समाचार, विश्व, स्वास्थ्य

बेलायत र चीनमा विकशित कोरोनाविरुद्धक २ खोपले ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल

पेरिस, ५ साउन : कोरोनाभाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका हुन् । मानवको लागि सुरक्षित साबित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरुमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी रहेको छ । बेलायतका एक हजारभन्दा बढी वयस्कहरूमध्येको पहिलो परीक्षणले पत्ता लगायो कि खोपले नोबेल कोरोनाभाइरसको बिरूद्ध ‘कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया’ देखाएको थियो । खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारीविरूद्ध...
नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? डा. रवीन्द्र पाण्डेले औँल्याए १५ तथ्य
जीवनशैली, प्रमुख समाचार, प्रविधि, शिक्षा

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? डा. रवीन्द्र पाण्डेले औँल्याए १५ तथ्य

नेपालमा विगत १० दिनयता संक्रमितको संख्या घटिरहेको छ | के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ? १. विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा अत्यन्तै न्यून संख्यामा कोरोना संक्रमित थिए | लामो लकडाउनको कारण समुदायमा फाट्टफुट्ट भएको संक्रमण अन्य व्यक्तिमा सर्न पाएन | यो समयमा संक्रमण भएका सुरुका व्यक्तिमा कोभिड १९ को सामान्य लक्षण देखिएको थियो भने आम नागरिकमा त्रासको स्तर उच्च थियो | २. जब भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गयो, भारतमा रहनुभएका लाखौँ नेपाली असुरक्षित तरिकाले नेपाल आउनुभयो | त्यो समयमा हरेक नाकाबाट दैनिक १०-१५ हजारभन्दा धेरै व्यक्ति नेपाल आउँदा उहाँहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने, PCR परीक्षण गर्ने, संक्रमितलाई गम्भीर भएर उपचार गर्ने तथा आफ्नो थातथलोमा सुरक्षित रुपमा पठाउन अप्ठ्यारो...
विदेशी विद्यार्थीलाई भिसा नदिने योजनाबाट अमेरिकाको सातामै ‘यूटर्न’
प्रविधि

विदेशी विद्यार्थीलाई भिसा नदिने योजनाबाट अमेरिकाको सातामै ‘यूटर्न’

न्यूयोर्क, ३१ असार संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । हार्वर्ड र एमआईटी विश्वविद्यालयहरूले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी अध्यागमन तथा भन्सार विभागले जुलाई ६ मा सूचना जारी गरेको थियो । अमेरिकी ट्रम्प प्रशासनको आदेशमा जारी भएको सूचनाविरुद्ध विश्वविद्यालयका साथै विभिन्न संघसंस्था, शिक्षक युनियन र १८ वटा राज्यले विरोध गरेका थिए । संघीय न्यायाधीश अलिसन बरोघले संक्षिप्त आदेश सुनाउँदै अमेरिकी प्रशासनले विद्यार्थीको भिसा रद्द गर्ने आदेश फिर्ता लिन मन्जुर गरेको जानकारी दिएका थिए । हार्वर्ड र एमआईटीले यसै महिनाको सुरुमा आइसिईले जारी गरेको सूचना रोक्न अदालतमा निवेदन दिएका थिए । आइसिईले जारी गरेको सूचनामा अनलाइन कक्षा भएका विद्यार्थीले अनिवार्...
मोडर्नाको कोरोनाविरुद्धको खोप परीक्षण अन्तिम चरणमा
विश्व, समाचार, स्वास्थ्य

मोडर्नाको कोरोनाविरुद्धको खोप परीक्षण अन्तिम चरणमा

वासिङ्टन, ३१ असार : संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ । मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ । यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो । आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ । अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ । कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी ह...
संक्रमितको कडा निगरानी गर्न डब्लूएचओको सुझाव
विश्व, स्वास्थ्य

संक्रमितको कडा निगरानी गर्न डब्लूएचओको सुझाव

मस्को, ३१ असार : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरूको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन १० लाख नागरिकमध्ये कम्तीमा पनि १४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो । भारतका विभिन्न २२ संक्रमित स्थानहरूमा प्रति दिन प्रति १० लाखमध्ये १४० जनामा र कहिँ त त्योभन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ । तर, पछिल्ला हप्ताहरूमा भारतमा प्रति १० लाख नागरिकमध्ये कतैकतै त ८ हजार जनाभन्दा पनि बढीमा यस्तो परीक्षण गर्ने गरिएको बताइएको छ । भारतमा पछिल्ला हप्ताहरूमा १ हजार २०० भन्दा पनि बढी प्रयोगशालाबाट यहाँका शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बता...