Wednesday, February 21

Tag: Chitwan National Park

पारिवारिक घुमफिर गर्ने बढे
प्रमुख समाचार, समाचार

पारिवारिक घुमफिर गर्ने बढे

चितवन : विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका छन् । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहासँगै पटिहानी, जगतपुर र मेघौलीका होटल आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् । सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताउनुभयो । गतवर्ष भन्दा यसवर्ष स्वदेशी पर्यटक बढेको उहाँको भनाइ थियो । स्कुले विद्यार्थीको परीक्षा सम्पन्न भएसँगै घुमाउने प्रचलन बढेकै कारण यो मौसममा गतवर्ष भन्दा १० प्रतिशत नेपाली पर्यटक बढेको उहाँले बताउनुभयो । विगतमा पनि चैत मसान्तका दिन ...