Wednesday, February 21

Tag: baraka obama

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित    
विश्व

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित    

सानफ्रान्सिस्को, १ साउन : विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए ।        ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए ।        साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी ट्वीट गरिएको थियो ।        ट्वीटरले भनेको छ, “केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह्याक गरी ट्वीटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो संगठित सामाजिक इन्जिनियरिङ आक्रमण हो भन्ने हामीले विश्वास लिएका छौं ।”        आक्रमणकारीले उच्चपदस्थ र स...
बराक ओबामासहित विश्व चर्चित व्यक्तिहरूका ट्विटर ह्याकरको निशानामा
प्रमुख समाचार, विश्व

बराक ओबामासहित विश्व चर्चित व्यक्तिहरूका ट्विटर ह्याकरको निशानामा

काठमाडौं, १ साउन : अमेरिकामा ह्याकरको समूहले उच्च पदस्थ र विशिष्ट व्यक्तिसहित उद्योगपतिका ट्विटर अकाउण्ट ह्याक गरी सहयोग रकम माग गरेको घटना सार्वजनिक भएको छ । बिट क्वाइन घोटाला नाम दिइएको यो प्रकरणमा ह्याकरको समूहले अर्बपति उद्योगी इलोन मस्क, जेफ बेजोस र बिल गेट्सलाई लक्षित गरेर उनीहरूको ट्विटर अकाउन्टमा सन्देश पठाएका हुन् । यसैगरी, पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, विदेशमन्त्री जो विडेन, मिडिया सञ्चालक माइक ब्लुमबर्ग तथा चर्चित गायक किने वेस्टबाट समेत रकम माग गरेको खुलेको छ । 'सबैले केही न केही माग गरिरहेका छन् र अब सही समय आएको छ' लेखिएका सन्देशसहित एक हजार डलर पठाएमा २ हजार पठाइदिने आशयका सन्देशहरू प्राप्त भएको विल गेट्सले बताएका छन् । धेरै प्रतिष्ठित र चर्चित व्यक्तिहरूलाई लक्षित गरी पठाइएको उक्त सन्देश केही समयपछि हटाइएको बताइएको छ । बीबीसीका अनुसार ह्याक गरिएको खातामा पासवर्ड परिवर...