Saturday, April 20

Tag: Amitabh Bachchan

बलिउडमा कोरोना लहर : अमिताभ-अभिषेकपछि अनुपम खेरकी आमा संक्रमण पुष्टि 
प्रमुख समाचार, मनाेरञ्जन

बलिउडमा कोरोना लहर : अमिताभ-अभिषेकपछि अनुपम खेरकी आमा संक्रमण पुष्टि 

काठमाडौं, २८ असार : भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अभिनेत खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जनाकारी सोसल साइट ट्वीटर मार्फत जानकारी दिएका हुन्। उनले आमालाई कोरोना पुष्टि भएपछि भाइ-बुहारी र अन्य परिवारका सदस्य क्वारन्टाइनमा रहेको जानकारी दिएका छन्। आमालाई कोकिला बेन अस्पतालमा भर्ना गरिएको उनले बताएका छन्। यसअघि बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूले ट्विटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका थिए । अमिताभले आफ्नाे आधिकारिक सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत आफूलाई काेराेना पाेजिटिभ देखिएको पुष्टि गरेका हुन् ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका स...
अमिताभ- अभिषेक दुवैलाई देखियो कोरोना
प्रमुख समाचार, स्वास्थ्य

अमिताभ- अभिषेक दुवैलाई देखियो कोरोना

बलिउड अभिनेता अभिषेक बच्चनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अभिषेकले ट्विटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । यसअघि बलिउड अभिनेता अमिताभ बच्चनलाई पनि कोरोना पुष्टि भएको थियो । बच्चनले आफ्नाे आधिकारिक सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत आफूलाई काेराेना पाेजिटिभ देखिएको पुष्टि गरेका हुन् ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’ उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् । दुवैलाई मध्यम खालको लक्षण देखिएका र अहिले अस्पतालमा भर्ना भएर उपचार गराइरहेको अभिषेकले लेखेका छन् ।...
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि
मनाेरञ्जन, विश्व, स्वास्थ्य

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे आधिकारिक सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत आफूलाई काेराेना पाेजिटिभ देखिएको पुष्टि गरेका हुन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् । ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’ उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् । अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमाजोन प्राइम भिडियोमा रिलिज गरिएको थियो । उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा प...