Sunday, July 21

Tag: #America

विदेशी विद्यार्थीलाई भिसा नदिने योजनाबाट अमेरिकाको सातामै ‘यूटर्न’
प्रविधि

विदेशी विद्यार्थीलाई भिसा नदिने योजनाबाट अमेरिकाको सातामै ‘यूटर्न’

न्यूयोर्क, ३१ असार संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । हार्वर्ड र एमआईटी विश्वविद्यालयहरूले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी अध्यागमन तथा भन्सार विभागले जुलाई ६ मा सूचना जारी गरेको थियो । अमेरिकी ट्रम्प प्रशासनको आदेशमा जारी भएको सूचनाविरुद्ध विश्वविद्यालयका साथै विभिन्न संघसंस्था, शिक्षक युनियन र १८ वटा राज्यले विरोध गरेका थिए । संघीय न्यायाधीश अलिसन बरोघले संक्षिप्त आदेश सुनाउँदै अमेरिकी प्रशासनले विद्यार्थीको भिसा रद्द गर्ने आदेश फिर्ता लिन मन्जुर गरेको जानकारी दिएका थिए । हार्वर्ड र एमआईटीले यसै महिनाको सुरुमा आइसिईले जारी गरेको सूचना रोक्न अदालतमा निवेदन दिएका थिए । आइसिईले जारी गरेको सूचनामा अनलाइन कक्षा भएका विद्यार्थीले अनिवार्...
ट्रम्प प्रशासनले किन सातामै उल्ट्यायो विदेशी विद्यार्थी निकाला गर्ने योजना ?
विश्व

ट्रम्प प्रशासनले किन सातामै उल्ट्यायो विदेशी विद्यार्थी निकाला गर्ने योजना ?

ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो देश पठाउने योजना उल्ट्याउको छ । कोरोनाभाइरस महामारीका कारण पूर्णरूपमा अनलाइनमा सञ्चालित कोर्सका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्ना घर पठाउने योजनालाई ट्रम्प प्रशासनले एक सातामै रद्द गरेको हो । हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले उक्त योजनाका विरूद्ध सरकारमाथि मुद्दा हालेका थिए । ती २ विश्वविद्यालयले सरकारको त्यस्तो निर्देशनलाई 'एकपक्षीय, स्वेच्छाचारी र अधिकारको दुरूपयोग' भएको आरोप लगाएका थिए । अन्य दर्जनौँ विश्वविद्यालयले त्यस मुद्दामा उनीहरूलाई समर्थन गरेका थिए । म्यासाचुसेट्स र क्यालिफोर्नियासहितका कम्तीमा १८ राज्यका महान्यायाधिवक्ताविरूद्ध समेत मुद्दा हालिएको थियो । अदालती कारबाही सुरु हुनु अगावै सङ्घीय न्यायाधीशले यथास्थिति कायम गर्न सम्बन्धित पक्षहरू सहमत भएको जनाएका थिए । गतसाता ल्याइएको योजनामा ...
अमेरिकी आर्थिक वृद्धि २.३ प्रतिशतमा खुम्चिने
विश्व

अमेरिकी आर्थिक वृद्धि २.३ प्रतिशतमा खुम्चिने

संयुक्त राज्य अमेरिकाका लागि सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मंगलबार जानकारी गराएको छ। सन् २०१९ का लागि यस पहिले अनुमान गरिएको अमेरिकाको आर्थिक वृद्धि दरमा समेत शून्य दशमलब दुई प्रतिशत कमी आई २.३ मा खुम्चिने देखिएको मुद्रा कोशको वल्र्ड इकोनोमिक आउटलुकले जनाएको हो। उक्त संस्थाले सन् २०१९ का लागि गत जनवरीमा गरेको प्रक्षेपणमा अमेरिकी आर्थिक वृद्धि २.५ प्रतिशत कायम रहने बताएको थियो। अमेरिकी आर्थिक वृद्धिमा देखिएको कमीका वावजुद पनि अमेरिकी अर्थतन्त्र अझै अन्य मुलुकको अर्थतन्त्रको तुलनामा मजबुत नै रहने बताएको छ। आइएमएफले सन् २०२० मा अमेरिकी आर्थिक वृद्धिदर थप खुम्चिने र १.९ प्रतिशत कायम हुने जनाएको छ। अमेरिकी आर्थिक वृद्धिदर कमी हुनुमा अमेरिका–चीन ब्यापार विवाद, ब्रेक्जिट, अमेरिकी संसद र राष्ट्रपतिबीचको असमझदारी प्रमुख कारक म...