Tuesday, July 16

Tag: १३औँ साग

१३औँ साग : महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर
खेलकुद, प्रमुख समाचार

१३औँ साग : महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं : १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई शनिबार इतिहास रच्ने अवसर प्राप्त भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शनिबार हुने सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ। नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ। नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो। नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट नेपाली महिला टोलीले सेमिफाइनलमा श्रीलङ्कालाई हराउनेमा ढुक्क छन्। उनले जसरी पनि फाइनल पुग्ने योजना बनाएको बताए। नेपालले यसअघि पनि श्रीलंकालाई पराजित गरेकाले महिला टोलीको मनोबल बढेको प्रशिक्षक भट्टले बताए। छ वर्षअघि काठमाडौंमा सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो। यस्तै समूह ‘बी’को विज...