भारतमा लागू भयो विदेशबाट आएकालाई सातदिने होम क्वारेन्टाइन
भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
विदेशबाट भारत आएकाहरू होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ ।
कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनिवार्य गर्ने व्यवस्था लागु गरेको हो ।
भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको र तीव्र रूपमा फैलिनसक्ने ओमिक्रोन भाइरसको संक्रमण अत्यधिक बढेको छ ।
'विदेशबाट आएका कुल यात्रुहरूको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत संक्रमित भएको पाइएको छ, त्यसैले उनीहरु सवैलाई कम्तीमा एक हप्ता होम क्वारेन्टाइनम...