हाते कागजको माग धान्न धौधौ
रामबहादुर थापा
नेपाली हाते कागजको माग अत्यधिक भएपनि उत्पादन न्यून रहेको छ । कागज उद्योगमा लगानी, प्रविधि र जनशक्ति अभाव छ । वनमा लोक्ता त्यसै खेर गइरहेको छ । भएका उद्योगलाई कागजको माग धान्नै धौधौ छ ।
गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित घुम्टे हाते कागज उद्योगका सञ्चालक चुराबहादुर घर्ती वर्षमा तीन लाखदेखि चार लाख थान कागजको माग आउने गरेको बताउनुहुन्छ । “मागअनुसार कागज पु¥याउनै सकिएको छैन”, उहाँले भन्नुभयो, “हाम्रोमा जम्मा डेढ लाख थानसम्म कागज उत्पादन हुन्छ ।”
चैतदेखि जेठसम्म दैनिक एक हजार थानसम्म कागज उत्पादन हुन्छ । अघिपछि दैनिक दुई सयदेखि तीन सय थानसम्म उत्पादन हुने गरेको सञ्चालक घर्तीले बताउनुभयो । चर्को घाम लाग्ने याममा कागज छिटो सुक्छ । उहाँले उद्योग सञ्चालन गरेको दुई वर्ष बित्यो । उद्योगमा उहाँसँगै पाँच जना कार्यरत छन् ।
पाँच ग्रामको एउटा कागजको मूल्य पाँच रुपैयाँ ५० पैसा तोकिएक...