Wednesday, April 17

Tag: हरिवंश आचार्य

मह जोडी नेपाल टेलिकमको सद्भावनादूत नियुक्त
मनाेरञ्जन

मह जोडी नेपाल टेलिकमको सद्भावनादूत नियुक्त

नेपाल टेलिकमले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सद्भावनादूत नियुक्त गरेको छ । मुलुकको हास्यव्यंग्य क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको हो । टेलिकम केन्द्रीय कार्यालयमा मंगलबारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई कम्पनीको सद्भावनदूत नियुक्त गर्न पाउँदा खुशी लागेको भन्दै कम्पनीका सेवा सुविधाका बारे आम जनतालाई समयमै सुसूचित गराउन थप सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय श...
महजोडीलाई वसुन्धाराश्री पुरस्कार
मनाेरञ्जन

महजोडीलाई वसुन्धाराश्री पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै कलाकार एवं हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित रु ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका क...