Thursday, May 23

Tag: स्वयम्भू

साँस्कृतिक सम्पदामा बाँदरको रजाइँ
जीवनशैली, प्रविधि, मनाेरञ्जन, विश्व, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य

साँस्कृतिक सम्पदामा बाँदरको रजाइँ

 पूर्णप्रसाद मिश्र काठमाडौं : प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ। उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो । मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन् । हाल पशुपतिमा ४५०, स्वयम्भूमा ४५०, साँखु बज्रयोगिनीमा १०० र नीलबाराहीमा ७० को सङ्ख्यामा बाँदर रहेको बाँदरसम्बन्धी अध्ययनमा लागेका डा. मुकेश चालिसेले जानकारी दिए । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदामा बाँदरले क्षति पुर्‍याए पनि सरोकार भएका निकायले यसको संरक्षणमा खासै ध्यान दिएका छैनन् । गोकर्णेश्वर महादेव मन्दिरको झिँगटी र काठ ...