Sunday, July 21

Tag: सोना अमात्य

बहुमुखी प्रतिभाको धनी गायिका सोना अमात्य, १० फोटो
जीवनशैली

बहुमुखी प्रतिभाको धनी गायिका सोना अमात्य, १० फोटो

काठमाडौँ : सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नाम हो गायिका सोना अमात्य। दर्जनौ चर्चित गीतहरू नेपाली सांगीतिक बजारमा पस्केर लाखौँ दर्शक श्रॊताहरूको मन मुटुमा बस्न सफल भएकी सोना आफैँमा चर्चित तथा स्थापित नाम हो। काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेर बाट संगीतमा रुचि भएकाले  छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्। त्यो समयमा उनले धेरै गुरुहरूसँग संगीत सिक्दै, अहिले शशिविक्रम थापासँग शास्त्रीय संगीत सिकिरहेकी छिन। बाल्यकालमा पनि फुर्सद हुने बित्तिकै गीत गाउन सुरु गरिहाल्ने उनी संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन। परिवारको साथ सहयोगले सांगीतिक आकाशमा फड्को मार्न सफल उनी जादुमय आवाजकी धनी छिन। बिगत ६ बर्ष देखि ब्यबसायिक सांगीतिक यात्रा सुरु गरेकी उनको गाएको पहिलो गीत ‘पल पल’ हो। यसमा उनले कलाकार मदनकृष्ण श्रेष्ठसँग गाएकी छिन् र मोडलिङ पनि उनैसँग...