Monday, February 26

Tag: सेयर शिक्षा

बोनस र हकप्रद सेयरबीच फरक
अर्थ, शिक्षा

बोनस र हकप्रद सेयरबीच फरक

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर (स्टक डिभिडेन्ड) भनिन्छ । विद्यमान सेयरधनीको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरूलाई समानुपातिक रूपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई हकप्रद सेयर (राइट सेयर) भनिन्छ । बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर प्राप्त गर्नेले सरकारलाई कर तिर्नुपर्छ । हकप्रद सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्छ । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर र हकप्रद सेयर बाँडी सकेपछि कम्पनीको बजार सेयर मूल्यमा समायोजन गरिने भएकाले मूल्य घट्न सक्छ ।...
साधारण, अग्राधिकार, ब्लु चिप सेयर भनेको के हो ?
अर्थ

साधारण, अग्राधिकार, ब्लु चिप सेयर भनेको के हो ?

साधारण सेयर धितोपत्रमध्ये सबैभन्दा बढी प्रचलनमा रहेको बुझ्न सजिलो वित्तीय औजार साधारण सेयर हो । कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ । साधारण सेयरमा लगानी गर्ने लगानीकर्तालाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ, दायित्व पनि लगानीको परिमाणमै सीमित हुन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण सेयरधनीहरुले बढी जोखिम उठाउनु पर्दछ । साधारण सेयरधनीलाई सामान्यतया कम्पनीको साधारण सभामा भाग लिने, निर्णय प्रक्रियामा सहभागी हुने, मतदान गर्ने तथा कम्पनीको सञ्चालक हुन पाउने लगायतका अधिकार प्राप्त हुन्छ । अग्राधिकार सेयर कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पन...