Tuesday, July 16

Tag: सूर्यमुखी

बाँझो जग्गा सदुपयोग गर्न सूर्यमुखी खेती
समाचार

बाँझो जग्गा सदुपयोग गर्न सूर्यमुखी खेती

गलकोट : कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गर्नुभएको छ । नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन नसक्दा जमीन बाँझो हुनलागेको भन्दै सूर्यमुखी खेती गर्नुभएको हो । विसं २०२० सालमा नेपाली सेनामा भर्ती भएर २०४३ सालमा अवकाश प्राप्त खत्री अहिले निरन्तर कृषि पेशामै सक्रिय हुनुहुन्छ । खत्रीले पहिलोपटक झण्डै १५ रोपनी जग्गामा सूर्यमुखी खेती गर्नुभएको छ । गत वैशाख महिनामा छर्नुभएको सूर्यमुखी अहिले पाक्ने बेला भएको छ । समुद्री सतहदेखि करीब तीन हजार फिटको उचाइमा रहेको यस क्षेत्रमा खत्रीले अहिले पहिलोपटक परीक्षणका लागि सूर्यमुखी खेती गर्नुभएको हो । यसअघि परम्परागत ढङ्गबाट मकै तथा तरक...