Wednesday, April 17

Tag: सुन

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो
अर्थ

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।...
घट्यो सुनचाँदीका मूल्य
अर्थ

घट्यो सुनचाँदीका मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार २२५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।...
फेरि बढ्यो सुनको मूल्य
प्रविधि

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो। छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुन पनि आइतबार ३ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ८६५  रुपैयाँमा कारोबार भइरहेको छ।...
सुनको मूल्यमा लगातार ओरालो
समाचार

सुनको मूल्यमा लगातार ओरालो

काठमाडौँ : दुई महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ। गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ। शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो। त्यस्तै मंगलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो। बुधबार भने सुनको मूल्य स्थिर रह्यो। बिहीबार पुनः सुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आयो। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भयो। यसैगरी शुक्रबार पनि पुनः सुनको मूल्य रु २०० सयले गिरावट आएको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन रु ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ। तेजाबी सुन रु ७० हजार ३ सयमा कारोबार भइरहेको ...
अस्ट्रेलिया : म्याटल डिटेक्टर प्रयोग गरी निकालियो १.५ किलो सुन, मूल्य एक करोड
विश्व

अस्ट्रेलिया : म्याटल डिटेक्टर प्रयोग गरी निकालियो १.५ किलो सुन, मूल्य एक करोड

पश्चिम अस्ट्रेलियाको कालगुर्लीस्थित सुन खानीमा एक व्यक्तिले म्याटल डिटेक्टर प्रयोग गरेर एक किलो ५ सय ग्राम सुनको टुक्रा निकालेका छन्। यसको मूल्य एक करोड सात लाख पर्ने आंकलन गरिएको छ। यो सुनको टुक्रा जमिनको सतहबाट ४५ सेमी अर्थात् आधा मिटरको गहिराइमा भेटिएको थियो। सुन पत्ता लगाउने व्यक्तिको पहिचान खुलाइएको छैन। तर ती व्यक्तिलाई पहिलो पटकमा उक्त वस्तु सुन हो भन्ने विश्वास गरेका थिएनन्। पहेलो र चम्किलो वस्तु भेटिएपछि सुन पसले म्याट कुकसमक्ष पुगेथका थिए। 'उक्त टुक्रा देखेर म त अचम्मित परेँ। पछि मैले उक्त टुक्राको फोटो खिचर अनलाइनमा हालिदिएँ', कुकले भने। अस्ट्रेलियाको तीन चौथाइ सुन खानी कालगूर्ली क्षेत्रमा रहेका छन्। विज्ञहरूका अनुसार यहाँ काम गर्ने व्यक्तिहरूलाई यस्तो अवसर वर्षमा एकआध पटकमात्रै आउने गर्दछ।...
सुन किन्दा के कुरामा ध्यान दिने
शिक्षा, समाचार

सुन किन्दा के कुरामा ध्यान दिने

सुन बारम्बार किन्न सकिँदैन। किनकि यो बहुमूल्य धातु हो। त्यसैले महँगो मूल्य तिरेर पनि कतिपय व्यक्ति सुन किन्दा ठगिन्छन्। यसको मुख्य कारण के हो भने मानिसहरु मूल्य सुनेर बजारमा सुन किन्न जान्छन् तर उनीहरूलाई सुन किन्ने तरिका थाहा हुँदैन । सुनको गुणवत्ता हेरेर विभिन्न क्यारेटको हुन्छ । अब विचार गर्नुस् तपाईंले कति क्यारेटको सुनलाई पैसा तिर्दै हुनु हुन्छ । तपाईंलाई २४ क्यारेट भनिएको सुन समेत २४ क्यारेट नहुने सम्भावना प्रवल हुन्छ । किन भने २४ क्यारेटको सुन एकदमै कमजोर हुन्छ र यसका गहना भाँचिने र टुट्ने सम्भावना बढि हुन्छ । पहिलो कुरा शुरुमा तपाईंलाई क्यारेटको नाममा ठगिन्छ भने त्यसपछि गहना बनाउन लाग्ने चार्जको शीर्षकमा । तपाईंले आज बनाएको गहना भोलि फिर्ता गर्न जानु भो भने पनि पसलेले तपाईंसँग गहना बनाएको चार्ज भनेर ५ देखि १० प्रतिशत पैसा काट्ने गर्छन् । यी कुरामा ध्यान निदिँदा सुन कारोबारमा घाटा ख...
स्याउ बोकेको कन्टेनरबाट ७ किलो सुन बरामद, एक पक्राउ
प्रमुख समाचार

स्याउ बोकेको कन्टेनरबाट ७ किलो सुन बरामद, एक पक्राउ

रसुवा :  रसुवामा सात किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चीनको केरुङबाट स्याउ लिएर नेपाल आउँदै गरेको कन्टेनरबाट अवैध सुन बरामद भएको हो। ना ६ ख ७०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको सुन प्रहरीले विशेग सुराकारीका आधारमा बरामद गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन बोहोराले बताए। सुन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका दुई टिमुरेस्थित घट्टेखोलाबाट मंगलबार अपरान्ह चार बजे बरामत गरेको हो। सुनसहित चालक नौकुण्ड गाउँपालिकाका एकका ग्याल्बो घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। अबैध सुन ओसारपसारमा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।...