Saturday, April 20

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन
समाचार

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल तथा कांग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउद अर्थ राज्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ । य...
डुबान क्षेत्रमा उखु खेतीको विस्तार
ब्रेकिङ, समाचार

डुबान क्षेत्रमा उखु खेतीको विस्तार

सिद्धराज भट्ट धनगढी : कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई अनुदानमा बीउ वितरण गरिएको मन्त्रालयका उपसचिव खगेन्द्र शर्माले जानकारी दिए । वर्षायाममा हरेक वर्ष कैलाली र कञ्चनपुरमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने गरेको छ । उखु खेती क्षेत्र विस्तार कार्यक्रमले बाढी र डुबानबाट जेगिन टेवा पुर्‍याउने, कृषकको आयआर्जन बढ्ने र आवश्यक परिमाणमा उखु पाउन नसकिरहेका चिनी उद्योगलाई उखुको उपलब्धता हुने उनले बताए । मन्त्रालयले कैलालीका कैलारी गाउँपालिका र भजनी नगरपालिका, कञ्चनपुरको पुनर्वास, लालझाडी, शुक्लाफाँटा, बेलौरी र कृष्णपुर नग...