Wednesday, February 21

Tag: सीतारम कटेल ‘धुर्मुस’

धुर्मुसलाई विश्वप्रकाशको साथ : भने – किञ्चित नडग्मगाउनू
समाचार

धुर्मुसलाई विश्वप्रकाशको साथ : भने – किञ्चित नडग्मगाउनू

काठमाडौं : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाएपछि तीव्र आलोचना भइरहेको छ । बुधबार स्थानीयसहितको एक समूहले भरतपुर महानगरपालिको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको बार डोजर चलाएर भत्काएका थिए । घटनाप्रश्चात् किक्रेट रंगशाला निर्माण गरिरहेको धुर्मुश-सुन्तली फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'ले काम गर्ने वातारण नभएको भन्दै निर्माणको काम रोको बताएका छन् । सुरक्षाको कारण देखाउँदै निर्माणको काम स्थगित गरेको बताएका हुन् । क्रिकेट रंगशालाको काममा अवरोध सृजना भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धुर्मुस सुन्तलीलाई आफ्नो अभियानबाट कत्ति पनि नडग्मगाउन आग्रह गरेका छन् । उनले भत्काउनेहरूले नभइ बनाउनेहरूले संसार बनाउने भन्दै देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गर्नेहरूलाई निरुत्साहित गर्नेमाथि सरकारसँग कारबाहीको माग गरेका छन् ...
धुर्मुसले कुमलमानसँग माग सहयोग
समाचार

धुर्मुसले कुमलमानसँग माग सहयोग

काठमाडौं : चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणममा लागेका हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गरेका छन्। सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो राखेका हुन् । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानको लागि तयार रहेको बताएका छन्। उनले क्रिकेट रंगशाला आसपासको बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन पहल पनि सुरु गरेका छन् । घिसिङले धुर्मुसकै सामुन्ने चितवनका भार प्रेषण शाखाका प्रमुख सुरेश महतोलाई फोन गरेर समस्या समाधानको लागि निर्देशन पनि दिएका छन्।...