Wednesday, February 21

Tag: सारिङ

    सारङ्गी सङ्कटमा    
प्रमुख समाचार

    सारङ्गी सङ्कटमा    

शेरिफ केसी जीतपुर, २६ चैत(रासस)ः कपिलवस्तुको लक्ष्मणघाटस्थित गन्धर्व टोलमा बस्दै आएका झण्डै ३५ गन्धर्व परिवारमध्ये केहीले परम्परा धान्न मात्र सारङ्गी बजाउने गरेका छन् । पहिले पहिले सडक, चोक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका उनीहरुको पेशा अहिले सङ्कटमा परेको छ । गन्धर्व जातिका युवालाई गाउंँमा तालीम दिएर पेशा हराउन नदिन पटक पटक आग्रह गरिए पनि कसैको यसप्रति रुचि छैन ।  राष्ट्रिय बाजाका रुपमा रहेको मानिएको सारङ्गीको महत्वमा कमी आएकाले यसको संरक्षण गर्न गन्र्धव जातिबाटै अभियानका रुपमा लागेर थप विकास र प्रचारका लागि राज्यलाई दवाव दिनुपर्ने स्थानीय बासिन्दाको जोड छ । सारङ्गी बजाएर गीत गाउँंदै हिंँड्दा घरपरिवार चलाउन नसकेपछि यहाँका धेरै गन्धर्वले अहिले सारङ्गी थन्क्याएर होटल मजदूरी, खेती किसानी र ज्याला मजदूरी गर्न थालेका छन् । कुनै बेला दुःखपीरका गीत गाउँदै हिँड्न...