Tuesday, July 16

Tag: सानिमा

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आज बाँडफाँड हुँदै
अर्थ

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आज बाँडफाँड हुँदै

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपिओ आज ११ बजे बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार आइपीओको बाँडफाँड सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा गर्न लागिएको हो । सानिमाको आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओको ६.८४ गुणा बढी हो। कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा आवेदन गर्ने कुल आवेदकमध्ये ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन् । सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा कम्पनीले कर्मचारीलाई ३ लाख कित्ता शेयर र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएको छ भने बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ।...