Wednesday, February 21

Tag: साकिरा

वाका वाका गर्ल साकिराको फिटनेस फर्मुला
जीवनशैली

वाका वाका गर्ल साकिराको फिटनेस फर्मुला

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका दौरान एक गीत बहुचर्चित बन्यो । ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ बोलको उक्त गीतकी गायिका थिइन्, कोलम्बियन पपगायिका साकिरा । सो समयमा साकिराको गायनशैलीसँगै उनको फिगरको समेत विश्वभर खुब तारिफ भयो । उक्त विश्वकपलगत्तै स्पेनिस फुटबलर जेरार्ड पिकेसँग जोडी बाँधिएकी साकिरा हाल ४१ वर्ष पुगिसकिन् । दुई बच्चाकी आमासमेत बनिसकिन् । तर, ८–१० वर्षअघिकी साकिरा र अहिलेकी साकिरामा केही फरक पाइँदैन । उनी अझै सुन्दर छिन् र शतप्रतिशत फिट पनि । अब जानौँ उनको फिटनेसको राज स् व्यायाम साकिरा बिहान उठ्नेबित्तिकै र बेलुका सुत्नुभन्दा अघि दैनिक ३० मिनेट व्यायाम गर्ने गर्छिन् । उनको व्यस्त सेडुल छ । कामका सिलसिलामा धेरै ठाउँ जानुपर्ने हुन्छ । यसका बाबजुद पनि उनले कामबाट फुर्सद निकालेर व्यायाम गरेकै हुन्छिन् । बच्चा जन्माएपछि पनि आफ्नो शरीरलाई पहिलेकै सेपमा ल्याउन...