Sunday, July 21

Tag: सवारी साधन

बिहीबारदेखि खुल्दै छन् सार्वजनिक सवारी साधन
समाज

बिहीबारदेखि खुल्दै छन् सार्वजनिक सवारी साधन

काठमाडौं, ६ साउन : यात्रु र मजदूरका लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेका छन् । सरकारले लागू गरेको बन्दाबन्दी बुधबार सम्मका लागि भएकाले बिहीबारदेखि सवारीसाधन सञ्चालन गरिँदैछ । स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरी सवारीसाधन सञ्चालन गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीन मजदूर सङ्गठनले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको झण्डै दुई सातापछि यातायात व्यवसायीले सवारीसाधन सञ्चालन गर्न लागेका हुन् । व्यवसायी र मजदूर सङ्गठनका अध्यक्ष सहभागी कार्यदलले छोटो, मध्यम, स्थानीय र लामो गरी सबै रुटमा सवारीसाधन सञ्चालन गर्ने जनाएको छ । यातायात श्रमिकहरुको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० र सम्बन्धित व्यवसायीले ५० ...