Thursday, April 18

Tag: सलमान खान

प्रभासको साहोमा सलमान खान
मनाेरञ्जन

प्रभासको साहोमा सलमान खान

बाहुबली हिरो प्रभासले हालै सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म साहोको पोस्टर नयाँ सार्वजनिक गरेका छन् । निर्माण घोषणादेखि नै चर्चामा रहेको साहो १५ अगस्टमा प्रदर्शन हुँदै छ । फर्स्टलुकसँगै साहोसम्बन्धी नयाँ खबर बाहिरिएको छ । भारतीय मिडियाले उल्लेख गरेअनुसार साहोमा बलिउडका सुपरस्टार सलमान खान केमियो रोलमा देखिनेछन् । साहोका निर्माता र हिरो प्रभासलाई नील नितिन मुकेशले सलमानलाई केमियो रोलमा ल्याउने आइडिया दिएका हुन् । निलले उनीहरूलाई साहोमा सलमानलाई समेट्न सके हिन्दी दर्शकमाझ पनि साहो लोकप्रिय हुने बताएका थिए । सोहीअनुसार सलमानलाई प्रस्ताव गएको बताइन्छ । सुटिङ पूरा भइसकेको साहोको फर्स्टलुक, टिजर पनि सार्वजनिक भइसकेको छ । सलमान केमियोका लागि राजी भएमा उनका केही दृश्य खिचिनेछ । सुजितले निर्देशन गरेको साहो तीन सय करोड भारु लगानीमा निर्माण भएको बताइन्छ । फिल्ममा प्रभासका साथमा श्रद्धा कपुर, नील नितिन...
‘भारत’को शीर्षक कसरी जुर्‍यो, निर्देशक अलि अब्बासले गरे खुलासा
मनाेरञ्जन

‘भारत’को शीर्षक कसरी जुर्‍यो, निर्देशक अलि अब्बासले गरे खुलासा

सलमान खानको फिल्म भारत छिट्टै नै रिलिज हुँदैछ। फिल्ममा फेरि एक पटक सलमान खान र कटरिना क्याफको जोडीलाई साथमा देख्न पाइने छ। फिल्मलाई अलि अब्बास जफरले डाइरेक्ट गरेका हुन्। अब्बासले फिल्मको शीर्षक कसरी जुर्‍यो भन्ने खुलासा गरेका छन्। उनले एक अन्तर्वार्तामा भारत फिल्मको शीर्षक कसरी जुर्‍यो भने विषयमा बताएका छन्। अब्बासले पिटिइसँगको अन्तर्वार्ताका क्रममा भने, ‘मैले फिल्मको नाम ओड टू माइ फादर नै राख्न चाहन्थेँ। मैले उक्त व्यक्तिले आफ्ना बुवासँग के प्रमिस गरेको थियो भन्ने कुरामा ध्यान दिएको थिइन। फेरि मैले सलमानलाई भने मैले यो फिल्मलाई केबल तपाईंको यात्राको रूपमा निर्माण गर्ने छैन, यसलाई मैले पूरै राष्ट्रको यात्राका रूपमा निर्माण गर्ने छु। यद्यपि मैले पात्रको के भनेर बोलाउन भन्ने निश्चय गर्न चाहन्थेँ।’ उनले अगाडि थपे, ‘फेरि मैले बिचार गरेँ। मैले सोचेँ राम नाम मायथोलोजीका हिसाबले पनि एकदमै राम्रो ...
के शाहरुख, सल्मान र आमिर सँगै फिल्म खेल्दैछन्?
मनाेरञ्जन

के शाहरुख, सल्मान र आमिर सँगै फिल्म खेल्दैछन्?

बलिउडका तीन खान साथमा फिल्म खेलेको हेर्ने फ्यानहरूको वर्षौंदेखिको सपना हो। यो सपना छिट्टै नै पूरा हुन सक्छ किनकि उनीहरूले यसबारेमा विचार गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एउटा खबरअनुसार शाहरुख, सलमान र आमिर सँगै स्क्रिन शेयर विषयमा सोचिरहेका छन्। टाइम्स आफ इन्डियका अनुसार हालै तीन खानले शारुखको घरमा भेटघाट गरेका थिए। समाचारमा जनाइएअनुसार उक्त भेटघाट कुनै नयाँ प्रोजेक्टका लागि थियो। तीनै खान एकैसाथ देखिँदा केही कमाल पनि हुन सक्छ। शाहरुख र सलमानले करण अर्जुन र कुछकुछ होता है जस्ता फिल्ममा काम गरेका थिए। त्यस्तै, सलमान र आमिरले अंदाज अपना अपना मा काम गरेका थिए। तर आमिर र शाहरुखले अहिलेसम्म साथमा कुनै पनि फिल्ममा काम गरेका छैनन्। तीन खानका अघिल्ला फिल्म तीन खानका आउँदै गरेका फिल्मको बारेमा कुरा गर्दा सलमानको आउँदो ईदमा भारत आउँदै छ। उक्त फिल्ममा उनी जवानदेखि बुढोसम्म ५ गेटआपमा देखिँद...
मनका धनी, धनका महाधनी सलमान खान
जीवनशैली, प्रमुख समाचार

मनका धनी, धनका महाधनी सलमान खान

सलमान खान केबल नामका मात्रै सुल्तान होइनन् उनी वास्तविक जिन्दगीमा पनि सुल्तान हुन्। अहिले उनको सम्पत्तिका कुरा गर्दा तपाईंले आफूलाई अत्यान्तै गरिब महसुस गर्नुहुने छ। यदि तपाईंहरू सल्लु भाइको सम्पत्ति कति छ भनेर थाहा पाउन चाहनुहुन्छ भने यो हो लिस्ट: मुम्बइमा पारिवारिक प्राइभेवी नमिल्ने भएर उनले एउटै घर किनेका छन्। उनले ५१ औँ जन्मदिनमा बिच साइडमा ५ BHL घर खरिद गरेका छन्। करिब १०० एकडमा फैलिएको उक्त घर जिम स्विमिङपुल प्ले एरिया थिएटरलगायत अत्याधुनिक सुविधा सम्पन्न छ। यसको मूल्य १०० करोड भारु बताइएको छ। त्यस्तै सलमानको पनवेल फार्म हाउसलाई पनि बिर्सन सकिँदैन। सल्लु भाइले कैयौँ पार्टीहरू यहाँ गर्ने गर्छन्। १५० एकडमा फैलिएको यो फार्म हाउसको मूल्य ८० करोड भारु पर्ने बताइन्छ। यो फार्म हाउस पनि अत्याधुनिक सेवा सुविधाले सम्पन्न रहेको छ। खान परियार धेरै जसो त ग्यालेक्सी अपार्टमेन्टमा रहन्छन्। उनीहरूले...