Sunday, July 21

Tag: सर्प

अचम्मको परिवार जो सर्प जोगाउन सक्रिय छ
जीवनशैली

अचम्मको परिवार जो सर्प जोगाउन सक्रिय छ

रत्ननगर : सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् । भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह माया दिन्छन् । गाउँघरमा सर्प देखिँदा उहाँहरुलाई बोलाइन्छ । उहाँहरु तुरुन्तै पुगेर उद्धारमा जुट्नुहुन्छ । स्थानीयका घरभित्र, आँगन वरपर देखिएका सर्प समात्न जाने गर्नुहुन्छ । “घरमा सर्प पस्यो भन्दै फोन आउँछ”, उहाँले भन्नुभयो, “सर्पलाई समाउने औजार र बोरा लिएर जान्छु, करीब १० मिनेटमा उद्वारको काम सकिन्छ ।” एक महीनामै आठ सर्पको उद्वार भएको छ । उहाँ सर्पलाई बचाउनुपर्ने तर्क राख्नुहुन्छ । “सर्पलाई उद्वार ...
सर्प बचाऔँ, वातावरण जोगाऔँ   
समाचार

सर्प बचाऔँ, वातावरण जोगाऔँ   

सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ । सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ । सर्प बचाउन सकिए वातावरण संरक्षण गर्न सकिन्छ भन्ने भावना जगाउने उद्देश्यले सर्प संरक्षण समाजले तनहुँको शुक्लागण्डकी नगरपालिकामा जारी ११औँ खैरेनीटार महोत्सवमा सर्प संरक्षणका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । सबै सर्प विषालु नहुने र विषालु भए पनि मानिसले नजिस्काएसम्म सर्पले आक्रमण नगर्ने भएकोले सर्प देख्ने वित्तिकै मार्न र लखेट्न नहुने समाजका अध्यक्ष महेन्द्र कतिलाले जानकारी दिनुभयो । उहाँका अनुसार सर्प मानिसको शत्रु नभई मित्र भएको र सर्पको विषले औषधि बन्छ । उहाँले भन्नुभयो, “मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिकीय चक्रमासमेत महत्वपूर्ण भूमिका खेल्न सहयोग पु¥याउँछ ।” महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण...