Sunday, September 8

Tag: सन्दीप लामिछाने

आईपीएल अक्सनमा सन्दीपसहित नेपाली १५ खेलाडी
खेलकुद

आईपीएल अक्सनमा सन्दीपसहित नेपाली १५ खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आईपीएलका लागि नेपालबाट कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएको जनाएको छ । अहिलेसम्म नेपालबाट सन्दीपले मात्र आईपीएल खेलेका छन् । नयाँ सिजनको लागि आईपीएल खेल्न विश्वभरबाट एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा आठ सय ९६ जना भारतीय र तीन सय १८ जना विदेशी खेलाडी छन् । आईपीएलको अक्सन फेब्रुअरी १२ र १३ तारिख बैँगलोरमा हुनेछ । आईपीएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ । आईपीएलको औपचारिक घोषणा भने हुने बाँकी छ ।...
ज्ञानेन्द्रलाई हटाउँदै क्यानले सन्दीपलाई बनायो राष्ट्रिय टोलीको नयाँ कप्तान
खेलकुद

ज्ञानेन्द्रलाई हटाउँदै क्यानले सन्दीपलाई बनायो राष्ट्रिय टोलीको नयाँ कप्तान

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ । टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै पदमुक्त सहित सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिना सहभागिता नगराउने क्यानको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो । यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण २१ डिसेम्बरबाट पोखरामा गर्ने भएको छ ।  सङ्घले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ भने पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ ।...
सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून
खेलकुद

सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए । उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे । सन्दीप सीपीएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ । नेपालले ओमानमा नै हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ । त्रिक...
सीपीएलमा सन्दीपको कमाल : खेलैपिच्छे विकेट
खेलकुद, प्रमुख समाचार

सीपीएलमा सन्दीपको कमाल : खेलैपिच्छे विकेट

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएका छन् । सीपीएलको समूह चरणको सबै खेलहरू आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले १०/१० वटा खेल खेलेका थिए । सेन्ट किटस्‍विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन् । बाँकी नौवटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म ९ खेलमा १२ विकेट लिए । जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अंक ...
सन्दीप सीपीएल खेल्ने पक्का, बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने
खेलकुद, प्रमुख समाचार

सन्दीप सीपीएल खेल्ने पक्का, बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने

काठमाडौं, १४ साउन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सीपीएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थानअघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी– २० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । खेलमा फर्किन पाउँदा खुसी लागेको सन्दीपले प्रक्रिया दिए । तेस्रो पटक सीपीएलमा सहभागि हुन लागेका सन्दीप जमाइकाबाट यसपटक खेल्ने छन् । यसअघि सन्दीपले सीपीएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन् । जमाइकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । बुधबारकै पत्रकार सम्मेलनमा लामिछानेले त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीहरूलाई १ लाख आर्थिक ...
सिपिएल हुने पक्का, सन्दीपले खेल्ने
खेलकुद, प्रमुख समाचार

सिपिएल हुने पक्का, सन्दीपले खेल्ने

नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिपिएल हुने पक्का भएको हो । अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सिपिएल दर्शक बिना रंगशालामा खेलाइनेछ । सिपिएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको २ मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति  दिएको छ । सिपिएलमा भाग लिने खेलाडीको प्रतियोगिता अघि कोरोना संक्रमित भए नभएको परिक्षण गरिने आयोजकले जनाएको छ । खेलाडी र  प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने बताइएको छ । आयोजक सिपिएल र त्यहाँको सरकारबीच गए राति प्रतियोगिता सञ्...
आइपिएल बीचमै छोडेर अकस्मात नेपाल किन आए सन्दीप ?
प्रमुख समाचार

आइपिएल बीचमै छोडेर अकस्मात नेपाल किन आए सन्दीप ?

भारतमा जारी विश्वकै सर्वाधिक ठूलो क्रिकेट लिग इन्डिनयन प्रिमियर लिग खेलिरहेका नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने नेपाल आएका छन्। जारी खेलको बीचमा उनी व्यक्तिगत कामका लागि नेपाल आएका हुन्। सन्दीप बुधबार नेपाल आएको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। उनका अनुसार आफ्ना व्यक्तिगत काम पूरा गरेलगत्तै उनी भारत फर्किने छन्। के कामका लागि सन्दीप आइपिएलको जारी खेल छोडेर नेपाल आए भन्ने बारे उनी व्यवस्थापक सिवाकोटी खुल्न चाहेनन्। दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ खेलमा ८ विकेट लिइसकेका छन् । ११ खेल खेल्दा उनीले पाँच पटकमात्रै चान्स पाए भने छ खेलमा उनी बेन्चमै सीमित भएका थिए । दिल्लीले १२औं खेल आउँदो सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरूविरुद्ध खेल्दै छ ।...
आइपिएल : आज पनि सन्दीप बेञ्चमै
खेलकुद

आइपिएल : आज पनि सन्दीप बेञ्चमै

इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ। अहिले राजिस्तानले ब्याटिङ गरिरहेको छ। ७ ओभरको सममाप्तिमा १ विकेटको क्षतिमा राजस्तानले ५९ रन बनाएको छ। अहिले स्टिभ स्मिथले १३ र आन्जिक्य रहाणे ४७ रन बनाएर खेलिरहेका छन्। सोमबारको खेलमा दिल्लीबाट खेलिरहेका नेपाली खेलाडी सन्दीप लामिछाने भने प्लेइङ ११ मा परेनन्। सन्दीप आज दिल्लीको बेन्चमा नै बस्ने भएका छन्। सन्दीपको ठाउँमा दिल्लीले क्रिश मोरिसलाई ल्याएको छ। स्वामी मानसिंह स्टेडियम जयपुरमा हुन लागेको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको छ। यसअघिको खेलमा दिल्लीका सन्दीप लामिछानेले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका थिए। दिल्ली अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ। आजको खेल जितेमा दिल्ली शीर्ष चारमा रहँदै अर्को चरणमा प्रवेश गर्नेछ।...
शक्तिलाई सन्दीपले दिए जन्मदिनको शुभकमना
खेलकुद

शक्तिलाई सन्दीपले दिए जन्मदिनको शुभकमना

आज  नेपाली पूर्वक्रिकेट शक्ति गौचनको जन्मदिन परेको छ। उनको जन्म सन् १९८४  अप्रिलमा भएको थियो। उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी थिए। शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन्। उनले नेपाली राष्ट्रिय टिमका लागि ओमानविरूद्व सन् २००२ जुलाईमा भएको खेलबाट राष्ट्रिय टिमममा डेब्यु गरेका थिए। सन् २०१८ जुलाईमा शक्तिले नेदरल्यान्डविरूद्वको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए। उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए। शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। उनले इटाली राष्ट्रिय क्रिकेट टिमविरूद्व २००५ फेब्रुअरीमा आइसिसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए। उक्त खेलमा शक्ति १०३ बलमा...
एकैदिनमा सन्दीप लामिछानेको खातामा १ लाख ६० हजार
खेलकुद

एकैदिनमा सन्दीप लामिछानेको खातामा १ लाख ६० हजार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीप लामिछानेले एक लाख भारु पाएका छन्। उनले शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको महत्वपूर्ण तीन विकेटको मद्दतले दिल्लीले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको थियो।  चार ओभर बलिङ गरेका सन्दीपले पञ्जावका विष्फोटक व्याट्सम्यान क्रिस गेल, साम करण र केएल राहुललाई पेभिलियन फर्काए। यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ। १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ। दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने। उनी सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने।...