Thursday, April 18

Tag: सदगुरुको प्रवचन

कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?
प्रविधि, रोचक

कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?

कोही पनि व्यक्ति ज्ञान प्राप्त गर्नको लागि असक्षम हुँदैनन् । यदि तपाईं जान्नको लागि असक्षम हुनुभएको भए, म तपाईंमाथि आफ्नो समय बर्बाद गर्ने थिइनँ— विश्वास गर्नुहोस्, म यी कुराहरूप्रति एकदमै कठोर छु । यदि तपाईं पूर्ण रूपमा असक्षम हुनुहुन्छ भने, तपाईं कुनै सम्भावना नै होइन, तसर्थ म तपाईंसँग एक क्षण पनि खेर फाल्ने छैन । के तपाईंले मलाई कहिल्यै भ्यागुतोलाई ध्यान सिकाउने कोसिस गरेको देख्नुभएको छ ? मैले जीवविज्ञान (बायोलोजी) को कक्षामा बाहेक भ्यागुतासित एक क्षण पनि व्यर्थै बिताएको छैन, किनकि म त्यसमा कुनै सम्भावना देख्दिनँ । त्यसैले, प्रश्न यो होइन कि तपाईंमा सामर्थ्य छ वा छैन, प्रश्न यत्ति हो कि तपाईंमा इच्छुकता छ वा छैन ? अरू कसैले तपाईंमा इच्छुकता थोपर्न सक्दैनन्, यो तपाईंबाटै आउनुपर्छ । अरूले तपाईंलाई खाना पस्किन सक्छन्, तर जबसम्म तपाईंमा खाने इच्छा हुँदैन, अरूले पस्किएर खानको लागि अनुरोध गर...