Tuesday, July 16

Tag: सडक सुरक्षा

प्राथमिकतामा परेन सडक सुरक्षा   
समाचार

प्राथमिकतामा परेन सडक सुरक्षा   

पूर्णप्रसाद मिश्र     काठमाडौं : सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्षअघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन ।    सडक सुरक्षा विधेयक ल्याउने पहल शुरु भएको चार वर्षसम्म पनि मूर्तरुप लिनसकेको छैन । विसं २०७२ देखि नै परिषद् गठन र विधेयक मस्यौदा गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिए पनि हालसम्म सफल हुन सकेको छैन् । जसका कारण प्रत्येक वर्ष सडक दुर्घटना बढ्दो छ । सन् २०१७ अप्रिल १२ मा सम्पन्न संयुक्त राष्ट्र सङ्घको साधारण महासभाले एजेण्डा १२ अन्तर्गत हाल भइरहेको सडक दुर्घटनालाई आधाले घटाउने निर्णय गरेको थियो । उक्त निर्णयमा नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको छ तर, नेपालमा दुर्घटना र त्यसबाट हुने क्षति भने प्रत्येक वर्ष बढ्दै गएको छ । मन्त्रिपरिषद्ले सडक सुरक्षा परिषद् गठन गर्ने निर्णय गरेपछि तीन जना मन्त्री फेरिए पनि कसैको ध्यान यसप्रति जान स...