Wednesday, February 21

Tag: सडक

सडक निर्माणले पानीका मुहान सके
प्रमुख समाचार

सडक निर्माणले पानीका मुहान सके

मुग्लिन : पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ । तर, सडक निर्माणसँगै हिउँदको समयमा पानीको मुहान सुक्ने र वर्षायाममा सडकको लेदो मुहानमा मिसिँदा खानेपानीको अभाव सिर्जना भएको छ । सडक निर्माणको कामले तीव्रता पाएसँगै चितवनको इच्छाकामना–५ मुग्लिनबजारमा पानीको हाहाकार भएको हो । वर्षात्सँगै खानेपानीको अभाव हुने गरेको होटल सञ्चालक प्रकाश त्रिपाठीले बताए । पानीको मुहानलाई असर नपर्ने गरी विकल्प नखोजी सडक निर्माण गर्दा खानेपानी समस्या सिर्जना भएको उनको भनाइ छ । मुग्लिन होटल संघका अध्यक्ष राम पाण्डे पनि मानवजीवनका लागि अत्यावश्यक खानेपानीको मुहानलाई असर नपुर्‍याउने गरी सडक निर्माण गर्नुपर्ने बताउँछन् । उहाँका मुग्लिन बजारमा अनुसार १०० बढी होटल तथा रेष्टुरेन्ट छन् । केन्द्रीय राजधानी काठमाडौँको मुख्य प्रवेशद्वार मुग्लिनमा खानेपानी अभाव हुँदा होटल सञ्चालनमै समस्या आएको ...
एउटै सडकमा तीन सरकारको लगानी
समाचार

एउटै सडकमा तीन सरकारको लगानी

दमौली : एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ। तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन्। दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले दुई करोड, सङ्घीय र प्रदेश सरकारले एक/एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन किलोमिटर खण्डमा कालोपत्रे गर्न काम शुरु भएको छ। उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर तीन तहको सरकारले विनियोजन गरेको रकमले कालोपत्रेको काम शुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए। दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा सङ्घीय सरकारले विनियोजन गरेको रु एक करोडबाट पक्की नाला निर्माण र करीब ८०० मिटर सडक कालोपत्रे शुरु भएको पण्डितले बताए। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ...