Wednesday, April 17

Tag: सगरमाथा

५०५ जनाले लिए हिमाल आरोहण अनुमति
अर्थ

५०५ जनाले लिए हिमाल आरोहण अनुमति

यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कूल ५०५ जना रहेका छन् । यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नको लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २०४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणको लागि अनुमति पाउनेमा १५८ जना पुरुष र २०४ जना महिला छन् । सगरमाथा पछि दोस्रो ठूलो संख्या लोत्से हिमाल आरोहणको लागि अनुमति लिनेहरुको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् । विभागका अनुसार आमादब्लमको लागि ३९, अन्नपुर्ण फर्टको लागि २६, बरुन्त्सेको लागि १६, धौलागिरीको लागि २१, हिमलुङको लागि १६, कञ्चनजङ्गाको लागि ४६, मकालुको लागि १५, मनास्लुको लागि ९, नुप्त्सेको लागि २८ जनाल...
यस्तो देखियो अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर
प्रविधि, समाचार

यस्तो देखियो अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको आश्चर्यजनक तस्विर खिचिएको छ । सो तस्वीरलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इन्स्टाग्राममा सेयर गरेको छ । तस्वीरमा धेरै हिउँले ढाकिएको चुचुराहरू भएका पहाडहरूको हवाई दृश्य देखिन्छ । यस्तो तस्वीर जमिनबाट देख्न सकिँदैन, किनकि तब पहाडहरू धेरै अग्ला हुन्छ । अन्तरिक्षबाट हेर्दा पहाडहरू एकअर्कासँग मिल्दोजुल्दो देखिन्छन् । तस्वीरमा हिमाललाई छुट्ट्याउन पनि गाह्रो हुन्छ । नासाले सगरमाथाको फोटो सेयर गर्दै क्याप्सन पनि लेखेको छ । 'तपाईंले यस्तो सगरमाथा पहिले कहिल्यै देख्नु भएको छैन । पृथ्वीको सबैभन्दा अग्लो हिमाल अन्तरिक्षबाट विल्कुलै फरक देखिन्छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा सवार एक अन्तरिक्ष यात्रीले सगरमाथाको यो प्रत्यक्ष तस्वीर खिचेका हुन् । समुद्री सतहबाट सगरमाथाको उचाइ लगभग २९,०२९ फीट (८,८४८ मिटर) रहेको छ' क्याप्सनमा भ...
इतिहासकै सबैभन्दा बढी आरोहीले चुमे सगरमाथाको चुचुरो   
प्रमुख समाचार

इतिहासकै सबैभन्दा बढी आरोहीले चुमे सगरमाथाको चुचुरो   

सिवी अधिकारी     काठमाडौं : सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ । यस्तै सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा करीब पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो । सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हा...
उचाइ मापन टोली सगरमाथाको चुचुरोमा पुग्न सफल
समाचार

उचाइ मापन टोली सगरमाथाको चुचुरोमा पुग्न सफल

सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३:०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । मंगलबार दिउँसो १:४५ मा उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो । नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले टोलीले चुचुरोमा पुग्यौं भन्नेसम्मको खबर गरेको र त्यसपछि थप सूचना भने आइनसकेको जानकारी दिए । मंगलवार बिहान पुग्ने अनुमान गरिएकोमा मौसम अनुकूल नभएपछि सोमवारदेखि सगरमाथाको साउथ कोलमा पुगेर टोलीले विश्राम गरेको थियो । शुक्रवार राति आधार शिविरबाट नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाको टोली चुचुरोमा पुगेको हो । सगरमाथा मापनका लागि जि एन एस एस रिसिभर र जिपिआर मेसिन चुचुरोमा लगिएको थियो । मेसिनसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा सगमाथा अवस्थित जमिनको सतहमा आठवटा नियन्त्रण बिन्दुमा पनि प्रावधिकबीच सम्पर्क गर्न...
आरोहीको ओहिरो : ४८ करोड बढी रोयल्टी
प्रमुख समाचार

आरोहीको ओहिरो : ४८ करोड बढी रोयल्टी

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ ।  पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका छन् ।  सो आरोही समूहबाट हालसम्म ४८ करोड ३० लाख ४४ हजार ८४२ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । यीमध्ये सगरमाथाबाट मात्रै ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि मात्रै ३३ आरोही समूहका ३६२ आरोही छन् ।  त्यसैगरी ल्होत्सेका नौ आरोही समूहका ७७ आरोही छन् । अमादब्लमका लागि पाँच आरोही समूहका ४९ आरोही र कञ्चनजङ्गा आरोहणका लागि पाँच आरोही समूहका ३२ आरोही गएका छन् । त्यस्तै मकालुका लागि च...