Wednesday, April 17

Tag: संघीय संसद

संसद्‍मा रविदेखि ज्योतिषसम्मका कुरा
प्रमुख समाचार

संसद्‍मा रविदेखि ज्योतिषसम्मका कुरा

काठमाडौं : भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, रवि लामिछाने, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रवेश पाएको छ। बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौंमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए। उनले भने, “वार्षिक रूपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो,  त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस्।” सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन्। उनले भनिन्, “ज्योतिष पेशा सञ्चालन गर्नेक...