Saturday, April 20

Tag: श्रीलंका

‘श्रीलंका आक्रमणमा कम्तीमा ४५ बालबालिकाको मृत्यु’   
विश्व

‘श्रीलंका आक्रमणमा कम्तीमा ४५ बालबालिकाको मृत्यु’   

जेनेभा : श्रीलंकामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भन्नुभयो, श्रीलङ्का आक्रमणमा मारिने करिब ३२० मध्ये ४५ जना बालबालिका रहेका अहिलेसम्मको तथ्याङ्क रहेको छ । यूनिसेफले श्रीलङ्काको नेगोम्बोस्थित सेन्ट सेवेस्टन चर्चमा प्रार्थनाका लागि पुगेका २७ जनाको मृत्यु भएको र १० जना घाइते भएको उल्लेख गरेको छ । देशका अन्य भागमा सोही दिन भएका विष्फोट, आक्रमण र भागदौडका क्रममा थप १८ जनाको मृत्यु भएको यूनिसेफले बताएको छ । पूर्वी शहर बाट्टिकालोआमा डेड बर्षे एक शिशुसहित १३ बालबालिकाले ज्यान गुमाएका पनि यूनिसेफको रिपोर्टमा उल्लेख छ । मारिनेमा ४० जना बालबालिका स्वदेशी रहेका र बाँकी पाँच जना विदेशी बालबालिका रहेका तथ्याङ्क यून...