Sunday, September 8

Tag: शेरबहादुर देउवा

यी हुन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता
प्रमुख समाचार

यी हुन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटनसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरलगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो । यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प...
कोरोनाको तेस्रो लहरको खतरा कम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार, समाचार

कोरोनाको तेस्रो लहरको खतरा कम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए । यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस संक्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा संक्रमणको तेस्रो लहर फैलिसकेको छ । तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । उनले सीमामा तेस्रो लहर...
नारायणहिटीमा रेस्टुरेन्टको काम रोक्ने मन्त्री आलेलाई प्रधानमन्त्रीको बधाई
समाचार

नारायणहिटीमा रेस्टुरेन्टको काम रोक्ने मन्त्री आलेलाई प्रधानमन्त्रीको बधाई

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो निर्णय गरेको’ भन्दै आलेलाई धन्यवाद दिएका हुन् । अघिल्लो केपी ओली नेतृत्वको सरकारले संग्रहालयभित्र बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनलाई रेस्टुरेन्ट चलाउन दिने निर्णय गरेको थियो । ऐतिहासिक दरबार संग्रहालयलाई व्यापारमा लगाउन लागिएको भन्दै विरोध भएपछि सोमबार पर्यटनमन्त्री आलेले त्यससम्बन्धी निर्णय कार्यान्वयन रोक्न निर्देशन दिएका थिए । ‘नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोक्नुभयो, राम्रो गर्नुभयो भनेर प्रधानमन्त्रीले धन्यवाद भन्नुभएको छ,’ पर्यटनमन्त्री आलेले भने । यसअघि पनि विभिन्न लोकप्रिय निर्णय गरेको भन्दै ...
देउवाले गरे रामचन्द्रको प्रशंसा, भने – तपाईं हामी सबैको नेता हो
प्रमुख समाचार, समाचार

देउवाले गरे रामचन्द्रको प्रशंसा, भने – तपाईं हामी सबैको नेता हो

नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रशंसा गरेका छन् । वरिष्ठ नेता पौडेलले मंगलबार आयोजना गरेको चियापान समारोहलाई सम्बोधनका क्रममा देउवाले उनको प्रसंशा गर्दै राजनीतिमा सक्रिय रहन आग्रह गरेका हुन् । ‘रामचन्द्रजीको यो पार्टीमा धेरै योगदान छ’ उनले भने, ‘उहाँले आयोजना गरेको चियापानमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।’ उनले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताए । ‘तपाईं हामी सबैको नेता हो’ उनले भने, ‘भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ ।’ उनले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताए । देउवाले कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता नहुने बताए । चियापान सुरु हुन लाग्दा केही समय महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । नाराबाजी साम्य भएपछि भने...
कांग्रेस महाधिवेशन : सभापति पदमा पुनः मतदान
प्रमुख समाचार, समाचार

कांग्रेस महाधिवेशन : सभापति पदमा पुनः मतदान

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरे । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । ...
कांग्रेस महाधिवेशन : देउवाले २२५८ र शेखरले १७२९ मत पाए
प्रमुख समाचार, समाचार

कांग्रेस महाधिवेशन : देउवाले २२५८ र शेखरले १७२९ मत पाए

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका...