Saturday, April 20

Tag: शेयर बजार

बफेलीले १६ चैतमा आइपिओ निष्कासन गर्ने
अर्थ

बफेलीले १६ चैतमा आइपिओ निष्कासन गर्ने

बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो । १६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ। कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । कम्पनीको आइपीओ मध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ । २०१७ सालमा स्थापना भएको बफेली हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको ह...
प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
अर्थ, समाज

प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ । बैंकको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।...
५९.५७ प्रतिशतले नेप्से घट्दा २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
अर्थ, समाचार

५९.५७ प्रतिशतले नेप्से घट्दा २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । कारोबार हुने साताको अन्तिम दिन बजार ओरालो लागेर नयाँ विन्दुमा आइपुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लिएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुगेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.०८, व्यापार ५९.२३, होटल तथा पर्यटन ९२.८३, विकास बैंक १९४.२८, जलविद्युत् ७०.४५, वित्त १०९.२६, निर्जीवन बिमा २९३.७३, उत्पादन ६३.३६, अन्य ५६.१४, लघुवित्त ११४.१६, जीवन बिमा ३१६.४, सामूहिक लगानी कोष ०.०७ र लगा...
 नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट  
अर्थ

 नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट  

विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।        नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्से ०.२३ बिन्दुले बढेर तीन हजार १६०.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ बिन्दुले बढेर ५९३.२८ मा पुगेको छ । कूल २२१ कम्पनीको तीन करोड छ लाख १३ हजार ४३९ कित्ता शेयर रु १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिद बिक्री भए ।        मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुगेको छ । यो हालसम्मकै उच्च बजार पूँजीकरण हो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ...
नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट
अर्थ, समाचार

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने थामिएको छ । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा आज ‘दोहोरो अङ्क’ को करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने १४ अर्बमा नै कायम रहेको छ । कूल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ०.१२ र विकास बैंक १०८.६९ बिन्दुले बढ्दा व्यापार ४५.२७, होटल तथा पर्यटन ४३.५८, जलविद्युत् ७६.२४, वित्त २२.८९, निर्जीवन बीमा ४९.९७, उत्पादन ९०.८२, अन...