Monday, February 26

Tag: शिक्षा

यस्तो पो शिक्षा : पढाइसँगै सीप सिकेपछि किन जानु पर्छ विदेश?
समाचार

यस्तो पो शिक्षा : पढाइसँगै सीप सिकेपछि किन जानु पर्छ विदेश?

जाजरकोट : दैनिक एक हजारको संख्यामा वैदेशिक रोजगारमा जान्छन्? अनि सीप र शिक्षामा के अन्तर छ? यसको कारण हो नेपालमा पढाइगै सीप सिकाइँदै । पढाइको ढिग्री त हुन्छ तर सीप हुँदैन, अनि कसरी गर्ने नेपालमा काम? त्यसपछि बाध्यता हुन्छ वैदेशिक रोजगारमा जान। कर्णाली प्रदेशको जाजरकोटमा भने पढाइसँग सीप पनि सिकाइँदै छ। पढाइसँग सीप आर्जन गर्न पाउँदा यहाँका युवाहरू हर्षित छन्। नलगाड नगरपालिका–६ पोख्राका राजबहादुर कुसारी भेरी नगरपालिका–१ को ले गाउँस्थित शिव माविमा कृषि जेटिए अध्ययन गरिरहेका छन्। उनले नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिन्छन् नै, विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उनी सहभागी हुन्छन्। उनलाई यति कामले मात्र पुगेको छैन। विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै आफैँ थप प्रयोगात्मक कार्य गर्दै आएका छन्। उनी बेमौसमी तरकारी उत्पादन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहेका छ...
पढेको कुरा सजिलै याद राख्ने १० सूत्र
शिक्षा

पढेको कुरा सजिलै याद राख्ने १० सूत्र

१ : अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहोर्‍याउँदा सम्झन सजिलो हुन्छ । २ : आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधी सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न । ३ : लेख्ने पूर्वाभ्यास पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटी अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ । ४ : सर्टकट बनाएर पढ्ने कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशा...
यसरी बढाउनुहोस स्मरण शक्ति
शिक्षा

यसरी बढाउनुहोस स्मरण शक्ति

पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षा हलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरासमेत परीक्षा हलभित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ। चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ। यहीँ भुल्ने बानीले होला परीक्षामा शत प्रतिशत नतिजा आउँदैन। स्मरण शक्ति बढाउने भन्दै मानिसले विभिन्न खाले उपाय अपनाउँछन् र विभिन्न खालका औषधि खान पनि पछि पर्दैनन्।  तर यस्ता औषधि उतिसारो प्रभावकारी हुँदैनन्। परीक्षाहलमा छिरेपछि पढेको कुरा बिर्सिने वा लेख्न नसक्ने समस्या हटाउन योगाको सहयोग लिनु उपयुक्त हुने योग विशेषज्ञहरूको भनाइ छ । विधि : पैताला जोडेर सिधा उभिनुहोस् । एक हातलाई सिधा अगाडि लग्नुहोस् भने अर्कोलाई सिधा तल झार्नुहोस् । त्यसपछि सबै ध्यान मस्तिष्कमा केन्द्रित गर्नुहोस् । दश पटक लामो सास लिनुहोस् । र छाड...