Friday, July 12

Tag: शिक्षक सेवा आयोग

शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षकका लागि खुलायो विज्ञापन
समाचार, समाज

शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षकका लागि खुलायो विज्ञापन

  शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।...
पहिलो दिन २ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक [सूचीसहित]
समाचार

पहिलो दिन २ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक [सूचीसहित]

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले पहिलो दिन २ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक गरेको छ । बुधबार आयोगले सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रावि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसीप्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको बताए । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो । ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए । दार्चुला : बैतडी : ...