Saturday, April 20

Tag: शिक्षक

१४ हजार २७१ शिक्षक स्थायीमा सिफारिश
प्रमुख समाचार, समाचार

१४ हजार २७१ शिक्षक स्थायीमा सिफारिश

काठमाडौं । आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन्। शिक्षक समुदायसँगको सहमतिअनुसार सरकारले शिक्षा ऐन, २०२८ मा आठौँ र नवौँ संशोधनपछि शिक्षक सेवा आयोगले गत असार १९ मा गरेको विज्ञापनअनुसार लिखित र मौखिक परीक्षामा सफल भई नियुक्तिका लागि १४ हजार २७१ शिक्षकको सिफारिश भएको हो। यीमध्ये १७४ परीक्षार्थीको मौखिकको परीक्षा प्रकाशन हुन बाँकी छ।  सिफारिश भएका प्रावि तहका १० हजार ८८३, निमावी तहमा एक हजार ९०९ र मावि तहमा एक हजार ४७९ कार्यरत अस्थायी शिक्षकको स्थायी पदस्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। ती शिक्षकले यही चैत मसान्तभित्र नियुक्तिपत्र पाउनेछन्। परीक...