Thursday, May 23

Tag: शालिकराम पुडासैनी

रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज
प्रमुख समाचार

रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि सुनुवाइ हुने भएको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाइ गर्ने भएको हो। पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्। तीनै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले गत सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमाथि मंगलबार भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको थियो...
‘मृतकको आरोप मात्र आत्महत्या दुरुत्साहनको प्रमाण हुँदैन’
प्रमुख समाचार

‘मृतकको आरोप मात्र आत्महत्या दुरुत्साहनको प्रमाण हुँदैन’

आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानुनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा आत्महत्या दुरुत्साहनसम्बन्धी कैयौँ मुद्दा परेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार मुलुकका विभिन्न स्थानमा गरेर २०७५ साउन १ गतेदेखि हालसम्म आत्महत्या दुरुत्साहन सम्बन्धी १३१ वटा उजुरी परिसकेका छन्। गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ। उक्त व्यवस्थालाई टेकेर विभिन्न स्थानमा मुद्दाहरू दायर भइसकेका भए पनि पछिल्लो पटक पत्रकार शालिकराम पुडासैनीले मोबाइलको भिडिओमा पूर्वसहकर्मी रवि लामिछाने सहितका व्यक्तिहरूले आत्महत्या गर्न बाध्य पारेको बताएपछि उत्पन्न घटनाक्रमले यो विषय चर्चित बनेको छ। उक्त भिडिओलाई प्रमाण मान्दै नेपाल प्रहरीले लामिछानेसहित अन्य आरोपितलाई पक्राउ गरेपछि लामिछान...
पुडासैनी प्रकरणमा भरतपुर महानगरले भन्यो : सडक र सामाजिक दुरुपयोग नहोस्
समाचार

पुडासैनी प्रकरणमा भरतपुर महानगरले भन्यो : सडक र सामाजिक दुरुपयोग नहोस्

चितवन : पत्रकार शालिकराम मृत्यु प्रकरणमा उत्पन्न भएको पछिल्लो अवस्थाप्रति भरतपुर महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महानगरले बिहीबार एक विज्ञप्ती जारी गर्दै अनुसन्धानका क्रममा रहेको विषयलाई प्रभावित पार्नेगरी भइरहेको नाराजुलुस तथा प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो। महानगरले सत्यतथ्य छानबिन गरी दोषी नछुटुन र निर्दोष नपरून भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह पनि गरेको छ। सरोकार नभएका व्यक्तिलाई गालीगलोज गरेको प्रति दुःख व्यक्त गर्दै महानगरले घट्नालाई देखाएर सडक र सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबैसँग आग्रह गरेको छ। ‘घट्नासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवं सस्थाहरूलाई जोडेर अनावश्यक टीकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न महानगरपालिका सम्बन्धित सबैसँग अनुरोध गर्दछ’ महानगर प्रमुख रेनु दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। म...
शालिकराम मृत्यु प्रकरण : रविसहित तीनैजनाविरुद्ध दोस्रो पटक ५ दिनको म्याद थप
प्रमुख समाचार

शालिकराम मृत्यु प्रकरण : रविसहित तीनैजनाविरुद्ध दोस्रो पटक ५ दिनको म्याद थप

चितवन । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कंडेल र नर्स अस्मिता कार्किमाथि अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गरिएको छ। अनुसन्धानका लागि जिल्ला अदालतले फेरि ५ दिनको म्याद थप गरेको हो। बहस सकिएको केही समयमै अदालतले आदेश दिएको हो। उनीहरू फेरि थप ५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। यसअघि चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो। वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले र प्रतिवादीका तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गरेका थिए। वादीका तर्फबाट यदुनाथ शर्माले मुद्दाको प्रकृति हेर्दा म्याद थप गरेर अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए। उता, प्रतिवादीका वकिलले हिरासत मुक्त गरेर म्याद नथपी अनुसन्धा...
‘पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ’
प्रमुख समाचार

‘पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ’

नारायण ढुंगाना काठमाडौं : नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ । पोलिएका व्यक्तिलाई यसअघि पटक–पटक अनुसन्धानको दायरामा ल्याइएको र मुद्दा चलाइएका घटना रहेकाले अनुसन्धानलाई नै प्रभावित पार्ने मनसायले कुनै पनि पक्षबाट प्रदर्शन गर्न नहुने कानून व्यवसायी बताउँछन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति दोषी हो या निर्दोष हो भन्ने कुरा अदालतले निर्णय गर्ने भएकाले पक्ष वा विपक्षमा प्रदर्शन गर्नुको अर्थ नहुने उनीहरुको भनाइ छ । घटनाको अनुसन्धानका लागि टेलिभिजन कार्य...
पुडासैनी प्रकरणपछि उब्जिएको प्रश्‍न : के हो आत्महत्या दुरुत्साहन ?
प्रमुख समाचार

पुडासैनी प्रकरणपछि उब्जिएको प्रश्‍न : के हो आत्महत्या दुरुत्साहन ?

काठमाडौं : गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय । उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ । छिमेकी मुलुक भारतलगायत देशमा यस्तो व्यवस्था पहिलेदेखि नै छ । नेपालमा भने यस्तो कानुन भर्खरभर्खरै बनेको र यसबारे सर्वोच्चले कुनै नजिर पनि प्रतिपादन गरिसकेको छैन । त्यसैले कस्ता घटनालाई आत्महत्याको दुरुत्साहन मान्ने र कस्तालाई नमान्ने भन्ने द्विविधा छ । सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन आरोपमा टीभी कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि यसबारे अझ बढी चासो बढेको छ । ‘सही काम गर्दा त्यसको परिणामले कसै...