Wednesday, April 17

Tag: वैदेशिक रोजगार

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण
समाचार

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण

विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौं १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबइबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए । उनीहरुले काठमाडौं महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार...
‘लकडाउन’ अघि प्राप्त मागपत्र कार्यान्वयन गर्न ६ महिना म्याद थप
प्रमुख समाचार, समाज

‘लकडाउन’ अघि प्राप्त मागपत्र कार्यान्वयन गर्न ६ महिना म्याद थप

सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ । कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । विसं २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी छ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनअघि प्राप्त भएका ३० हजारभन्दा बढी मागपत्र कार्यान्वयन हुनेछ । वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस महामारीका कारण सरकार...
कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव
जीवनशैली

कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव

सरकारले यो वर्ष एकै पटक ईपिएस प्रणालीबाट १० हजार कामदार लिने बताएसँगै कोरियामा काम गरिरहेका श्रमिकले उनीहरूलाई मानसिक र शारीरिक रूपमा तयार भएर मात्रै जान सुझाएका छन्। सन् २००८ बाट कोरियाले शुरू गरेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष उसले १० हजार ५० जना नेपाली कामदार लैजाने बताइएको छ। यति ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने बताइएका बेला आकर्षक गन्तव्य मानिएको कोरिया जानुअघि कामको प्रकृति र त्यहाँ भोग्नुपर्ने समस्याबारे अवगत हुन सुझाएका छन्। आफूहरूले कोरिया जाँदा एक थरी सोचेको र पुग्दा सोचे भन्दा कठिन भएको भन्दै उनीहरूले त्यहाँ जस्तो काम परी आए पनि गर्नसक्ने हिम्मत राख्नुपर्ने बताएका छन्। शुरूमा धेरै परिश्रम त्यसरी सुझाउनेमध्ये एक हुन् दाङकी मन्जु पन्थी। काठमाडौंस्थित एक निजी संस्थामा काम गर्दा दैनिक जीवनका आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकिने देखेपछि उनले कोरिया जाने तयारी था...
सजिलैसँग विदेशी भाषा कसरी सिक्ने ?
प्रविधि

सजिलैसँग विदेशी भाषा कसरी सिक्ने ?

नेपालमा वैदेशिक रोजगारमा जाने क्रम बढेको छ। पछिल्लो समय दक्षिण कोरिया, जापान लगायतका मध्यम देशहरूले पनि नेपालबाट कामदार लैजादै छन्। यसले गर्दा वैदेशिक रोजगारमा थप आकर्षण थपेको छ। कतिपय देशले भाषालाई अनिवार्य गरेका छन् भने कतिपय देशमा भाषा नसिकि नै जान सकिन्छ। खास गरी कोरिया र अब खुल्ने क्रमा रहेको जापानले भाषालाई प्राथमिकतामा राखेका छन्। वैदेशिक रोजगारमा जानुअघि त्यस देशको भाषाको ज्ञान भयो भने धेरै सजिलो हुन्छ। अलिकता ध्यान दिएर थोरै समय दिने हो भने विदेशी भाषा सजिलै सिक्न सकिन्छ। वैदेशिक रोजगारमा जानेले अंग्रेजी वा जुन देशमा जाने हो त्यो देशको भाषाको राम्रो दखल राख्यो भने काम गर्न धेरै सजिलो हुन्छ। कतिपय मुलुकमा त भाषा परीक्षा पास नगरी वैदेशिक रोजगारमा जान पनि पाइदैन। कुनै पनि नयाँ भाषा सिक्न निम्न कुरामा ध्यान दिनुपर्छ। भाषाको कक्षा लिने अंग्रेजी, कोरियन, जापानिजलगायत भाषा सिकाउने विभिन्...
पत्याउनु हुन्छ ! शिक्षित नै हुन्छन् बेचबिखनको शिकार
प्रमुख समाचार, प्रविधि, रोचक, शिक्षा

पत्याउनु हुन्छ ! शिक्षित नै हुन्छन् बेचबिखनको शिकार

कालिका खड्का काठमाडौं : तपाईं पत्याउनु हुन्छ छोटो समयमा धेरै पैसा कमाउने मोहले पढेलेखेका र आफैँ पैसा खर्च गरेर विदेश गएका कैयौँ कष्टकर जीवन भोगिरहेका छन् ? अनपढ हुँदाहुँदै र लहैलहैमा लागेर वैदेशिक रोजगारीमा गई दुःख पाएको कथा/व्यथा त सुनिँदै आएको छ तर अहिले पढेका/बुझेका व्यक्ति आफैँ पैसा खर्च गरेर विदेशमा गई अलपत्र पर्ने गरेको तथ्य बाहिर आएको छ । कामका सिलसिलाका पहिला कुवेत, कतारलगायत तेस्रो मुलुकका देशमा नेपाली युवकयुवती बेचबिखनमा पर्ने गरेका थिए तर अहिले बेचबिखनको गन्तव्य परिवर्तन भएको छ । अहिले पोल्याण्ड, पोर्चुगल, ग्रीस, दक्षिण अफ्रिकालगायत देशमा बेचबिखनमा पर्ने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पछिल्लो समयमा पढेलेखेका र पैसा भएका मानिस नै पढ्ने वा धेरै पैसा कमाउने चाहनामा बेचबिखनमा पर्ने गरेको सुनाइन् । ‘पहिले पैसा कमाउने आशामा बेचबिखनमा पर्थे तर अह...
वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षामा समेट्न चुनौती
प्रमुख समाचार, प्रविधि

वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षामा समेट्न चुनौती

काठमाडौं : सरकारले सामाजिक सुरक्षालाई अगाडि बढाइरहँदा वैदेशिक रोजगारीमा गएकालाई भने यसमा समेट्न अझै चुनौती नै देखिएको छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा सबैलाई सामाजिक सुरक्षामा समेट्न कठिन नै देखिने आइएलओका पागुमान सिंहले बताए । इण्डोनेशिया, भियतनाम, नेपाललगायत विकासोन्मुख देशमा सामाजिक सुरक्षाविज्ञका रुपमा काम गर्दै आएका उनले सरकारी कार्यालय, निजी कार्यालय, प्रहरी र आर्मीका लागि सामाजिक सुरक्षा सबैभन्दा महत्वपूर्ण रहे पनि वैदेशिक रोजगारीमा गएकालाई भने सम्बन्धित रोजगारदाता देशले नै समेट्नु आवश्यक रहेको जानकारी गराए । उनले भने, 'सामाजिक सुरक्षा सबैको आधारभूत आवश्यकता हो, कुनै पनि नागरिक सामाजिक सुरक्षाबाट विमुख भएर बस्न सक्दैन ।' नेपालबाट बाह्य देशमा जाने कामदारलाई सम्बन्धित देशसँग सम्झौता गरेर तत्काल सामाजिक सुरक्षाको बाटोमा ल्याउन सकिने उनले बताए । प्रवासी नेपाली समन्वय समिति र सुरक्...