Sunday, July 21

Tag: वुहान

स्वास्थ्य मन्त्रालयले भन्‍यो : चीनमा रहेका नेपालको तत्काल उद्धार गर्नुपर्ने स्थिति छैन
प्रमुख समाचार

स्वास्थ्य मन्त्रालयले भन्‍यो : चीनमा रहेका नेपालको तत्काल उद्धार गर्नुपर्ने स्थिति छैन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहानलगायत अन्य क्षेत्रमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ। बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएका हुन्। कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्। अध्ययनका क्रममा वा कामको शिलशिलामा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको दाबी गरे। ‘फिर्ता बोलाउने तयारी छ। तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन। फिर्ता बोलाएपछि अमेरिकालगायतका देशहरूले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ। हामीले फिर्ता ब...