Thursday, April 18

Tag: विवाह

विवाहबारे सुकरात टिप्स
शिक्षा

विवाहबारे सुकरात टिप्स

दार्शनिक सुकरातका कैयौँ शिष्य थिए । तीमध्ये एक शिष्य बिहे गरौँ कि नगरौँ भन्ने गम्भीर द्विविधामा थिए । उनले यस विषयमा आफन्त र भाइसाथीसित सल्लाह पनि लिए । सबैले आआफ्नै ढंगले सल्लाह दिए । कसैले विवाह नगरी नहुने सल्लाह दिए भने कसैले विवाह गरेर झन्झटमा नफस्न सल्लाह दिए । सबैको सल्लाहपछि उनी बिहे गरौँ कि नगरौँ भनेर बडो धर्मसंकटमा परे । उनले यसबारे उचित निर्णय लिन सकेनन् । त्यसैले, उनी गुरु सुकरातबाट यस विषयमा सल्लाह लिने निर्णयमा पुगे । सुकरातको वैवाहिक जीवन सुखद थिएन, अत्यन्त कष्टप्रद थियो । त्यसैले, सबैले यस विषयमा उनले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने सोचेका थिए । तर, शिष्यको जिज्ञासा सुनिसकेपछि सुकरातले शान्त भावमा उत्तर दिए- तिमीले विवाह गर्नुपर्छ बाबु ! गुरुको सल्लाह सुनेपछि शिष्यले प्रश्न गरे- तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि गुरु ? शिष्यको प्रश्न सुनेपछि सुकरात मुसुक्क हाँ...