Wednesday, April 17

Tag: विमान दुर्घटना

डीएचएलको विमान आकस्मिक अवतरणका क्रममा टुक्रियो [भिडियो]
विश्व

डीएचएलको विमान आकस्मिक अवतरणका क्रममा टुक्रियो [भिडियो]

कार्गो कम्पनी डीएचएलको एउटा विमान आकस्मिक अवतरणका क्रममा दुर्घटनामा परेको छ । कोष्टारिकामा जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७५७ विमान दुर्घटनामा परेको हो । विमानको अवतरण भने सामान्य अवस्थामा भएको थियो । तर, धावनमार्गमा यु ट्रन लिने क्रममा विमान टुक्रिएको थियो । सामाजिक सञ्जामा पोस्ट गरिएका भिडियोमा विमान धावनमार्गबाट बाहिरएपछि टुक्रा परेको देखिन्छ । विमान दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । विमानमा चालक दलका सदस्य मात्र रहेका थिए । उनीहरू सकुशल रहेको डीएचएलले जनाएको छ । ग्वाटेमालाका लागि उडेको विमानमा हाइड्रोलिक समस्या देखिएको थियो । उक्त समस्यापछि पाइलटले आकस्मिक अवतरण गराएका हुन् । कोष्टारिकाको नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक लुइस मिरान्डा मुनोजले हाइड्रोलिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको जानकारी दिएको एभिएसन स्रोसले बताएको ...
हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले नयाँ जीवन पाएँ : प्रहरी निरीक्षक लिम्बू
समाचार

हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले नयाँ जीवन पाएँ : प्रहरी निरीक्षक लिम्बू

सोलुखुम्बु : नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए । पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ । आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९.२० मा समिट एयरको ९ एन–एएमएच विमान दुर्घटनामा पर्‍यो । प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बूका अनुसार धावनमार्गको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङ एयरको हेलिकोप्टर अवतरण भएको केही मिनेटमै एउटा विमान उडेको थियो । त्यतिबेलासम्म समिट एयर रनवेको बायाँपट्टी रहेको पार्किङस्थलमा नै उड्नका लागि तयार भएको थियो । लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावन मार्गको दुईसय मिटर पर पुगी एक्कासि दायाँति...